२०८१ बैशाख ७ , शुक्रवार

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्ति

सुनाखरी न्युज/ काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लि.मा संचालक समितिका अध्यक्षमा सुभाष अमात्यको नियुक्ति ।

 

प्रभु लाइफ इन्स्योरेन्स लि. को यहि मिति २०७८÷१२÷१६ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गनुृ भएका सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हाल्नु भएको छ ।

 

यस अघि अध्यक्ष रहनु भएका डा.आत्माराम घिमिरेले मिति २०७८÷१२÷१६ गते देखिनै लागु हुने गरी व्यक्तिगत कारणले राजिनामा दिनु भएको हो । २०७४ मंसिर २८ गतेबाट संचालनमा आएको यस कम्पनीले देशभरका १०० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय संचालन गर्दै आइरहेको छ ।