२०८१ बैशाख १३ , बिहिवार

बिप्लव नेतृत्वको पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । बिप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरि कालिकोट स्थायी घर हुनुभएको सैन्य कामान्डर अनिपाल बिक (क .सन्देश )को नेतृत्वमा १० जना र नेकपा एकिकृत माओवादी पार्टी परित्याग गरि खोटाङ जिल्ला स्थायी घर हुनुभएको सचिवालय सदस्य राजन घिमिरे (क .अर्पन ) को नेतृत्वमा ५ जना आफ्नो पुरानो घर नेकपा(माओवादी केन्द्र ) मा फर्किनु भएको छ।

 

सम्पुर्ण कमरेडहरुलाइ हाम्रो यस कालिकोट -काठमाडौं सम्पर्क समन्वय समिति हार्दिक स्वागत गर्दछ साथै तपाईंहरुको आगामी राजनीतिक जीवन अझ सफल अनि सबल होस र क्रान्तिका बाकी कार्यभार पूरा गर्न हरदम हरपल लाग्नु हुनेछ भन्ने पुर्ण बिश्वास हामिले गरेका छौ ।

पनिवर्तमानमा रास्ट्रिय सभा सदस्य जीवन बुढा ,सम्पर्क समन्वय विशेष प्रदेश अध्यक्ष श्रीकृष्ण अधिकारी (क.विवेक ) ,उपाध्यक्ष टक बहादुर घर्ती (क.मुनाल),कालिकोट इन्चार्ज धनकृष्ण चौलागाईं (क.गजेन्द्र ),कालिकोट -काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष गोरक्षे महतारा(क.भौतिक ),उपाध्यक्ष मदन कठायत लगायतले पार्टी त्याग गरि आउनु हुने कमरेडहरुलाइ पार्टी प्रवेश गराउनु भएको थियो ।