२०८० चैत्र १६ , शुक्रवार

हेम्जामा सर्बाधिक ६ लाख राशीको राष्ट्रिय शुभकामना गोल्डकप हुदै

गोबिन्द तिमिल्सिना/ हेमजा। युवा एकता र विकाश को लागि खेलकुद” भन्ने मूल मान्यता का साथ यही जेठ १४ गते देखि २१ गते सम्म आयोजना गरिने “राष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिता २०७८” बारे बृहद छलफल गरिएको छ।

 

क्लब का सचिब सुनिल गायक का अनुसार प्रथम हुने टिम ले नगद रु छ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र एबम दृतिय हुने टिम ले नगद रु तिन लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। हेम्जा युनाइटेडको आयोजनामा पाचौँ संस्करणसम्म शुभकामना कपको रुपमा संचालित प्रतियोगिताले छैटौँ संस्करण देखि भने गोल्डकपको रुपमा खेलाउन थालिएको हो। ।आयोजक हेम्जा युनाइटेडले अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबल संघलाई गोल्डकप संचालन गर्नकालागि स्विकृत माग गरेको थियो । सोहि स्विकृतको आधारमा एन्फाले क्लबलाई जेठको मिति दिएको हो ।

 

निवेदन स्विकृत गरेसंगै गोल्डकपको आयोजना गर्न पाउने भएको छ ।यस्तै स्विकृत संगै आफुहरुले प्रतियोगिताको तयारी गर्न लागेको हेम्जा युनाइटेका अध्यक्ष इन्द्र कुवरले जानकारी दिए । प्रतियोगितामा आयोजक, ए डिभिजन तथा वि डिभिजन सहित ८ टिमको सहभागिता रहने अध्यक्ष कुवरले बताए ।