२०८१ बैशाख १३ , बिहिवार

हिरो मोटोकर्पले बाइक र स्कुटरको मूल्य बढाउँदै

सुनाखरी न्युज/ काठमाडौं –

हिरो मोटोकर्पले आफ्नो दुई पांग्रे उत्पादनको मूल्य बढाउने भएको छ। भारतीय अटोमोबाइल उत्पादन कम्पनी हिरो मोटोकर्पले अप्रिल ५ तारिखदेखि बाइक र स्कुटरको मूल्य बढाउने घोषणा गरेको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।

 

कम्पनीका अनुसार उत्पादन लागतको खर्च बढेसँगै कम्पनीले बिक्री मूल्य बढाउने निर्णय गरेको हो। ‘विभिन्न मोडलको मूल्य २ हजार रुपैयाँदेखि, बजारअनुसार बढ्नेछ,’ कम्पनीद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ। गत साताको शनिबारदेखि अटो निर्माता टोयोटा किर्लोस्कर मोटरले पनि आफ्नो उत्पादनहरूको मूल्य ४ प्रतिशतसम्मले बढाएको थियो।

 

सवारी निर्माणमा आवश्यक कच्चा सामग्रीको मूल्य बढेसँगै लागत मूल्य बढेको र सोही कारण उत्पादन मूल्य बढेको कारण देखाउँदै कम्पनीले बजार मूल्य बढाएको हो। त्यस्तै, बिएमडब्ल्यु इन्डियाले पनि शुक्रबार अर्थात् यही अप्रिल १ तारखिदेखि आफ्नो उत्पादनहरूको मूल्य ३.५ प्रतिशतले बढाउने बताएको छ। एजेन्सी