२०८० चैत्र ६ , मंगलबार

विश्वविद्यालयको गुणस्तर सुधारकालागि ‘राइट म्यान इन राइट प्लेस’ हुनुपर्दछ

डा. रामचन्द्र पोख्रेल, प्राध्यापक-त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस  ।
त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पसका पाध्यापक डा. रामचन्द्र पोख्रेलको नाम नेपालको शिक्षा क्षेत्रकै चर्चित मध्येमा पर्दछ । बिश्व बैंकको सहयोगमा अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयवाट विश्वविद्यालयको परीक्षा प्रणालीको बिषयमा स्नातकोत्तर गरी पछि त्रिभुवन विश्वविद्यालयकै परीक्षा प्रणालीमा विद्यावारिधि गर्नुभएका पोख्रेल त्रिभुवन विश्वविद्यालयकै एउटा विज्ञ प्राध्यापककोरुपमा चिनिनुभएको छ । सन् १९९५ देखि सन् १९९८ सम्म अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयवाट विश्वविद्यालयको परीक्षा प्रणालीको बिषयमा स्नातकोत्तर गरी नेपाल आउनु भएका पोख्रेलले सन् २०१० मा विद्यावारिधिगरी त्यसयता त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायमा रही सेवा गर्दै आउनुभएको छ ।

 

सन् १९९५ देखि सन् १९९८ सम्म अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयवाट विश्वविद्यालयको परीक्षा प्रणालीको बिषयमा स्नातकोत्तर गरी नेपाल आउनु भएका पोख्रेलले सन् २०१० मा विद्यावारिधिगरी त्यसयता त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायमा रही सेवा गर्दै आउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको परीक्षा विशेषज्ञकोरुपमा आठ बर्ष लामो सेवा गर्नुभएका पोख्रेलले त्रिभुवन विश्वविद्यालयका उच्च शिक्षा सुधार परीयोजनाको संयोजक समेत भएर काम गरिसक्नुभएको छ । हाल पद्मकन्या बहुमुखी क्याम्पसको तथ्याङक विभागमा कार्यरत रहनुभएका पोख्रेल पद्मकन्या बहुमुखी क्याम्पसको प्राध्यापक संघको सभापति हुनुहन्छ ।

 

 

त्रिभुवन विश्वविद्यालय देशको सवैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । देशको सवैभन्दा पुरानो र ठूलो विश्वविद्यालय भएपनि यस विश्वविद्यालयमा समस्याका चाङ छन् । खासगरी त्रिभुवन विश्वविद्यालयको खस्कँदो गुणस्तर नै अहिलेको प्रमूख चासोको बिषय बनेको छ । यसै सन्दर्भमा नेपालको शिक्षा क्षेत्रकै बहुमुखी प्रतिभाका धनी पोख्रेलसँग सुनाखरीन्युजले त्रिभुवन विश्वविद्यालय र यसका विविध पक्षमा केन्द्रितरही कुराकानी गरेका छौं । प्रश्तुत छ प्राध्यापक डा. पोख्रेलसँग गरिको अन्तर्वार्ताको संपादित अंश ।

त्रिभुवन विश्वविद्यालयको गुणस्तर खस्किएको र विश्वविद्यालयले समयानुकुल आफूलाई परिमार्जनगर्दै अगाडि बढाउन नसकेको भन्ने बिषय वाहिर आएको छ । यहाँले त विगत लामो समयदेखि नै त्रिभुवन विश्वविद्यालय र त्यसका गतिविधीलाई नजिकवाट नियाल्दै आउनु भएको पनि छ । कसरी हेर्नुभएको छ यहाँले यो बिषयलाई ?

पक्कै पनि तपाइँले भनेको कुराहरुमा केही सत्यता छ । किन भन्नुहुन्छ भने यो देशको उच्च शिक्षाको कुरा गर्दा झण्डै ८० प्रतिशत विदार्थीहरु त्रिभुवन विश्वविद्यालय सम्वन्धित छन् । यसै कारणले गर्दा देशको उच्च शिक्षाका गुणदोष स्वतः त्रिभुवन विश्वविद्यालयमा जोडिएर जान्छ । यसक्रममा बर्षेनी झण्डै ८० हजार विद्यार्थी देश वाहिर जाने र एक लाखको हाराहारिमा उच्च शिषामा भर्ना हुने क्रम छ । यो हेर्दा यति धेरै विद्यार्थी देश वाहिर जानुमा विश्वविद्यालय को पनि कमी कमजोरी वा दोस छ भन्न सकिन्छ ।

 

विश्वविद्यालयको गुणस्तरको कुरागर्दाे तीनवटा बिषयहरु एक आपसमा सम्वन्धित हुन्छन् । एउटा पठन पाठनकालागि चाहिले पाठ्यक्रम, त्यसकालागि चाहिने पठनपाठन र त्यसमा जोडिने परीक्षाका बिषय यसमा पर्दछन् ।

विश्वविद्यालयको गुणस्तरको कुरागर्दाे तीनवटा बिषयहरु एक आपसमा सम्वन्धित हुन्छन् । एउटा पठन पाठनकालागि चाहिले पाठ्यक्रम, त्यसकालागि चाहिने पठनपाठन र त्यसमा जोडिने परीक्षाका बिषय यसमा पर्दछन् । यी क्षेत्रमा केही समस्या पक्कै छन् । केन्द्रिकृत परीक्षा प्रणाली र त्यसै अनुरुपको पठन पाठन शैली यहाँ छ । हाल अध्यापनरत सवै प्राध्यापकहरु उत्तिकै योग्यतामा पढाउन सक्छन भन्ने मान्यता राखिन्छ । जुन त्यति ब्यवहारिक हुनेमा सत्यता छैन । विश्वविद्यालयको पाठ्क्रम पनि धेरै जसो बिषयहरुमा राम्रा छन् । तर कतिपय बिषयहरु १०-१५ बर्ष सम्म पनि एउटै पाठ्यक्रममा आधारित छन् । ती भन्दापनि महत्वपुर्ण कुरा हाम्रो परीक्षा प्रणालीमा छन । परीक्षामा नम्वर दिने प्रकृया गलत छ । विद्यार्थीहरुको उत्तरपुस्तिका हेरेर नम्वर दिने प्रकृयामा पनि धेरै समस्याहरु छन । परीक्षामा सोधिने प्रश्नको शैली तथा पश्नपत्रहरु निर्माणमा नै समस्या छन् । यस्तै अक्षरांक र गणितिय गरी दुई पद्धतिमा अंकहरु दिने प्रचलन विद्यमान छ । यसमा पनि समस्या नै समस्या छन् । यस बाहेक परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका क्षेत्रमा पनि त्यत्तिकै समस्या छ ।

सेमिस्टर सिस्टममा पाँच÷छ मसिहनासम्म पनि परीक्षाफल प्रकाशित हुँदैन । बार्षिक परीक्षाको नतिजा पनि बर्षदिनसम्म नआएको हाम्रो रेकर्डमा छन् । यीनै समस्याहरुले गर्दा विश्वविद्यालयको गुणस्तरमा स्वभाविकरुपमा विभिन्न प्रश्नहरु उठीराखेका छन् ।
यहाँले जुन समस्याका कुरा उठाउनुभयो, ती समस्याको समाधान नहुनु र समस्या झन बल्झनुको कारण के हो ?
यसको मुख्य कारण भनेको नै सम्वन्धीत क्षेत्रका ज्ञान भएका प्राध्यापकहरुको कमी हो । सवै प्राध्यापकहरु आफ्नै बिषमया दक्ष होलान । तर, बिषयभन्दा वाहिर परीक्षा, पाठ्याक्रम, पठनपाठन लगायतका धेरै कुरा छन् । एउटा मानिसले आफूमा धेरै ज्ञान छ, क्ष्मता छ भन्दैमा उसको डेलिभरी राम्रो हुन्छ भन्ने छैन । करिकुलम हरेक चार÷चार बर्षमा परिमार्जन हुनु पर्दछ भन्ने मुल्यमान्यता छ । बजारको आवश्यकता, देशको आवश्यकता, समाजको आवश्यकता आदिलाई हेरेर प्रत्येक चार-चार बर्षमा यस्ता बिषय परिमार्जन हुँदै जान्छ ।
करिकुलम परिमार्जन गर्दा पनि मार्केट (बजार) हेरेर परिमार्जन गर्दै जानु पर्दछ भन्ने मान्यता छ । करिकुलम परिमार्जन नगरी १०÷१५ बर्ष सम्म एउटै राखिदिँदा ठूलो समस्या भएको छ । र सवभन्दा ठूलो कुरोचाहीँ परीक्षा सम्वन्धी ज्ञानको पठन–पाठन हाम्रो देशको विश्वविद्यालयमा नहुनु, सो सम्वन्धी ज्ञान भएका प्राध्यापकहरु पनि हाम्रो देशमा नभएको र परीक्षालाई समय अनुसार आधुनिकिकरण पनि गर्न नसकीएको कारणले गर्दा यसमा धेरै समस्याहरु देखिएका छन् ।

 

यहाँ जे जति समस्याका कुरा आए, तीनको समाधान कसरी सम्भव छ ? यसकालागि कहाँवाट कसले के गर्नुपर्ने हुन्छ ?
हेर्नुस, यी कराहरुमा सवैभन्दा पहिला ‘राइट म्यान–राइट प्लेस’ नै हो । अहिले हाम्रो विश्वविद्यालयमा धेरै राजनीतिकरण हुने गरेको छ । यसले गर्दा ठूलो समस्या आएको छ । तर राजनीतिकरण मात्रै दोस होइन । राजनीतिकरणसँगै विवेक हिन मानिसलाई जिम्मा लगाइदिँदा यी समस्याहरु पटक पटक देखिए । हामीलाई रोग थाहाभएर पनि उपचार हुन नसकेको यही कारणले गर्दा हो ।

 

भनेपछि सही ठाउँमा सही ब्यक्ति पुग्न नपाउँदा नै यी यावत समस्या देखिएका हुन् ?
हो । हामी भिसी, रेक्टर र रजिष्टारलाई दोष दिन्छौं । केही हदसम्म त्यो सत्य पनि होला । तर भिसी, रेक्टर र रजिष्टारले नै विश्वविद्यालयको सवैकुरा जान्नुपर्छ भन्ने छैन । उनीहरुले धेरै कुराहरु डिसेन्ट्रलाइजेसन (विकेन्द्रिकरण) गर्नु पर्दछ । त्यसमा भिसी, रेक्टर र रजिष्टारहरुले राइट प्लेसमा राइट मान्छेको नियूत्त गरिदिनुपर्दछ । यसमा नेताहरुको फोर्स र उनीहरुको सिफारिस भन्दा पनि कुन मान्छे कुन ठाउँकालागि उपयुक्त हो, उसको क्षमता कुन ठाउँकालागि उपयुक्त छ त्यो हेरिनु पर्दछ । त्यसो हुन सक्यो भने अधिकांस समस्या स्वतः समाधान हुन्छन् ।

 

 

देशकै पुरानो र शिक्षा क्षेत्रकै सबैभन्दा ठूलो संस्थामा यसरी समस्या नै समस्याको भूमरिका जकडिँडा पनि समाधानकालागि पहल किन भएन ?
अवस्य पनि । यहाँ समस्या धेरै छन् । तर यसको समाधानकालागि पहल नभएकै हो । परीक्षा भएको बर्ष दिन सम्म नतिजा प्रकासन हुँदैन । यो बिषयमा न विद्यार्थी , न शिक्षक, न अभिभावक कोही बोल्दैन । यस्तै हो भन्छन् । ज्ञान पनि नभएको कारणले त्यो सम्वन्धी कोही बोल्न आँट पनि गर्दैनन् धेरैले । यसले समस्या माथि समस्या थपिएको छ । सुधारकालागि दवाव छैन ।
अहिले समस्याको कुरागर्दा त्रिभुवन विश्वविद्यालयले अक्षरांकन पद्धती अपनाई राखेको छ । त्रिभुवन विश्वविद्यालयकै नक्कल यस विश्वविद्यालयवाट अन्य विश्वविद्यालयहरुमा गएका पदाधिकारीहरु बिभिन्न विश्व विद्यालयहरुमा भिसी, रजिष्टार, डीन, परीक्षा नियन्त्रणहरुले गरी रहेका छन् । तर त्रिभुवन विश्वविद्यालयले अपनाएको अक्षरांकन पद्धती नै गलत छ । त्यही गलत ज्ञान वोकेर अन्य विश्वविद्यालयरुमा गएका पदाधिकारीहरुले गलत तरिका कपि गरेर त्यहाँको समेत परीक्षा विगार्ने काम गरिरहेका छन् । स्कूल लेवलको परीक्षामा पनि विश्वविद्यालयवाट त्यही गलत विधिको कपि गरेर अक्षरांकन पद्धती अपनाइरहेका छन् । जसले गर्दा पहिलाको स्कूल लेवलको परीक्षा भन्दा पनि अहिले धरासायी वनाउनतीर हामी गइएराखेका छौं । अल्पज्ञानको कारणले हामीहरुलाई समस्याको आभाष नै छैन ।

 

यी जतिपनि समस्या देखिएका छन् , तीनको प्रमूख जड भनेको राजनीति नै हो त ?
एकदम धेरै कुरा त्यहँ गएर जोडिएका छन् । हुनत राजनीति लगायत सवै कुराहरुको सुधार हुनपर्ने विश्वविद्यालयवाट नै हो । राजनीतिक नेताहरुले पनि सिक्ने विश्वविद्यालयवाट नै हो । डाक्टरले पनि सिक्ने विश्वविद्यालयवाट नै हो । इञ्निनियरले पनि यहीँ वाट हो । सवैकुरा जोडिने विश्वविद्यायमा नै हो । सेना, प्रहरी देखि जो सुकैले विश्वविद्यायवाट नै सिक्ने हो । विश्वविद्यालय सुध्रियो भने सवै कुरा विस्तारै सुध्रिदै जान्छ । फेरी विश्वविद्यालय सुधार गर्नकालागि त्यो सम्वन्धी ज्ञान भएको राजनीतीज्ञ चाहिन्छ । उसले विश्वविद्यालयको जिम्मा लिएर त्यस अनुसार अगाडि बढ्यो भने मात्र सुध्रन्छ । नत्र भने संभव छैन । समस्याको जड र त्यसको सुधारको स्रोत दुवै राजनीति नै हो ।

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम समयानुकुल क छि छैन ? हेर्नुस, पाठ्यक्रममा ठूलो समस्या हुँदैन, जति पठन–पाठन र परीक्षामा हुन्छ । हाम्रो दशेको अहिलका विश्वविद्यालयको पाठ्यक्रम पनि राम्रा नैे छन । तर पाठ्यक्रमलाई अझ राम्रो वनाउन प्रत्येक चार÷पाँच बर्षमा पाठ्याक्रम परिमार्जन गरिरहनु पर्दछ । परिमार्जन गर्दा त्यसको आधार भनेको बजारको माग हो । बजारको कस्तो किसिमको आवश्यकता छ, त्यो पाठ्यक्रममा समेटिएको हुर्नु पर्दछ । बजारको आवश्यकता अनुसार पाठ्यक्रमलाई परिमार्जन गर्न सक्नुपर्दछ । तर त्यो पाठ्याक्रम अनुसार पठन–पाठन गर्ने प्राध्यापकहरुले हो । अहिले हाम्रो देशेमा प्राध्यापकाहरुमा पनि ठूलो समस्या छन् । किनभने अहिले हाम्रो देशमा प्राध्यापकहरुले जिम्मेवारी पटक्कै वहन गरेका छैनन् । पठन–पाठन राम्रो नभईदिँदा पाठ्यक्रमको मुल्याङकनगर्नु कुनै औचित्य नै छैन ।

 

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम पनि समसामयिक र ब्यवहारिक नभएको हो ?
मलाई ब्यक्तिगतरुपमा भन्नुहुहन्छ भने त्यो नभएकै हो । एउटा विद्यार्थी हाम्रा विश्वविद्याय पास भएको भोलिपल्ट काम पाउन कठीन छट । जवकी अन्य देशहरुमा ग्रयाजुएसन भएपछि काम दिनकालागि रोजगारदाताहरु विश्वविद्यालयनै धाउँछन् । शुरुमा तलव कम दिएर काम दिन्छन् । शुरुमा तालिम दिएर कम पैसामा काम लगाउन पाइन्छ भनेर रोजगारदाताहरु आउँछन् । तर हाम्रो देशमा पाठ्यक्रमलाई ब्यवहारिक नवनाउँदा समस्या छ । पाठ्यक्रमको समस्या त छँदैछ यतिमात्र नभई भएकै पाठ्यक्रमलाई पनि प्राध्यापकहरुले ब्यवहारमा नउतारिदिँदा अन्इ देशमा बढेर आएका विद्यार्थीहरुलाई रोजगारदाताहरुले बढी पश्रय दिइराखेको देखिन्छ । हाम्रो देशको पठन–पाठनवाट जुन शिक्षा विद्यार्थीहरुले प्राप्त गरेका हुन्छन् त्यो हाम्रो मार्केटकालागि स्वीटेवल नै छैन । अनी राम्रो छ भनेर कसरी भन्ने । त्यो हाम्रो समस्या हो ।

 

 

हामीकहाँ पठन–पाठनप्रणालीमा पनि त समस्या नै होला ?
पठन–पाठन प्रणालीको सवालमा योग्य शिक्षक विश्वविद्यालयले दिनु प¥र्यो । शिक्षकहरुलाई ब्यवहारिक वनाउनुप¥र्यो । शिक्षकलाई चाहिने शिपको ब्यवस्थपन गर्ने हो भने समस्या समाधान हुन्छ । जो राजनीतिक गर्छ त्यस्ता कुनै पनि राजनीतक पार्टीका झोलेहरुलाई विश्वविद्यालयले मेरो र तेरो पार्टीको नभनीकन निकाल्न सक्नुपर्दछ । र शिक्षकलाई हरेक दिन फुल टाइम अर्थात पूर्णकालिन वनाउन सक्नुपर्दछ । अहिले त पढाउनेको भन्दा नपढाउने शिक्षकको इज्जत बढी छ विश्वविद्यालयमा । विश्वविद्यालय भनेकै पढ्ने. विद्यार्थी र पढाउने प्राध्यापक हो । शिक्षक जिमेवार नवनेसम्म सुधार ल्याउन सकिँदैन । तसर्थ प्राध्यापकहरुलाई पनि एउटा एवायरनेस गराएर प्राध्यापक नै विद्यालय र समाजको जिम्मेवार ब्यक्ति हो, तपाइँहरुले ध्यान नदिँदा देश र समाज विग्रन्छ भनेर सही वाटोमा हिँडाउन सक्नु पर्दछ । आफ्नो महत्व नवुझ्ने र जिम्मेवारी नलिने प्राध्यापकको संख्इा बढी भएकोले पठन–पाठन प्रणालीमा धेरै समस्या छ ।

 

हामीकहाँ हुँदै आएको मूल्याङकन प्रणाली र नतिजाको बिषयलाई चाहीँ यहाँले कसरी हेर्नुभएको छ ?
मूल्याङकन प्रणाली र नतिजाको बिषयमा पनि धेरै समस्या छन् । परीक्षाको नतिजा बर्ष दिनसम्म सार्ववनिक नहुने समस्या छ । शिक्षाविद्सँग कुराग¥र्यो भने पठन–पाठनलाई दोष देखाउँछन् । मूलभूत कुरा त हामी नीतिमा नै चुकेका छौं । यहिलेको प्रणाली अनुसार कामगर्दा परीक्षाफल ढिलाहुनु स्वभाविक हो । पुरानो अंकगणितीय पद्धतीमा डिस्टिङसन, प्रथम, दित्तिय, तृतिय डिभिजन भनेर राखिन्थ्यो । एउटा नम्वर दिइन्थ्यो । त्यसमा धेरै समस्याहरु भए । त्यो समस्याहरुलाई निराकरणगर्न नयाँ पद्धति आयो । अक्षरांक पद्धति । अक्षरांक पद्धतिले विद्यार्थीहरुमा कम्पिडिसन वढाउँछ । विद्यार्थीहरुमा परिश्रम गर्ने बानी वढाउँछ र सँगसँगै त्यसले विद्यार्थीको क्वालिटि पनि बढाउँछ । तर हाम्रो देशमा त्यसैमा नै गलत प्रकृया अपनाइयो । कस्तो सम्म भने अक्षरांकन पद्धतिमा विद्यार्थी फेल नै हुँदैन भन्ने भयो । त्यो पनि गलत हो । अर्को अक्षरांक पद्धतिमा निश्चित प्रतिशत कट्यो भने ए आउने, वी आउने भन्ने भयो । यो त पहिला कै फस्ट, सेकेण्ड डिभिजन भन्ने जस्तो भयो ।

 

यो पुरानै मोडल भयो । त्यसमा नै समस्या छ । अर्को प्रश्नपत्रमा पनि समस्या छ । हामी खाली लेख्ने मात्रमा फोकस गर्छौ । परीक्षाको प्रश्नपत्रको मोडल हरेक बर्ष एउटै हुन्छ । प्रश्न पत्रको सेटिङमा नै समस्या छ । सेटिङ पछाडी उत्तरपुस्तिका निरीक्षणमा पनि समस्या छ । उत्तरपुस्तिका परीक्षणपछि अंकदिने प्रकृयाका पनि संसारले अपनाएको तरिकाभन्दा हामी उल्टोवाट अक्षरांकन पद्धतिमा गैराखेका छौं । यसैले गर्दा हाम्रो शिक्षा प्रणाली खस्किएको हो । यो आफैंमा एउटा ठूलो समस्या हो ।

 

 

यी यावत कुराको समाधान कसरी संभव छ ?
अहिले हाम्रो देशका पैसा भएका विद्यार्थीहरु विदेश जान्छन । वुद्धि भएका पनि स्कलरशिपमा विदेश जान्छन् । पावर भएका पनि विदेश जान्छन्। निरिय विद्यार्थी मात्रै देशमा छन् । पढाउने प्राध्यापकहरु पनि अलिकति क्वालिटि भएका वाहिर जान थालेका छन् । यद्यपी विस्तारै केही प्राध्यापकहरु नफर्किएका पनि होइनन । तर तिनीसहरुको संख्या न्युन छ । अव हामीले हाम्रा अभिभावक, विद्यार्थी र प्राध्यापकहरुलाई वुझाएर सुधारको आवश्यकता वुझाउनु पर्दछ । जानेको वुझेको मान्छेलाई जिम्मेवारी दिइनु पर्दछ । मैले जानेको छु, मैले सोचेकै ठीन भन्ने र नयाँ कुरा सिक्न नचाहनेको संख्या हाम्रो देशमा अत्याधिक छ । यसतर्फ पनि ध्यान दिन जरुरी छ । यसर्थ जहाँ समस्या छ त्यसलाई सुधार कसरी गर्ने भनेर सम्वन्धित क्षेत्रको विज्ञसँगको परामर्शमा त्यसलाई समाधान गर्ने हो भने यो काम त्यति गाहे भने छैन ।