२०८० चैत्र १६ , शुक्रवार

कोरोना अपडेट : देशभर थप २६ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या शुन्य

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ।

 

उक्त अवधिमा मृत्यु हुनेको सङ्ख्या शुन्य रहेको मन्त्रालयले जनाएको हो । ५ हजार १ सय ९२ जनामा गरिएको कोरोना परीक्षणमा जम्मा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै, पछिल्लो २४ घण्टामा ७७ जना कोरोना संक्रमणमुक्त भएको छन्  भने हाल देशभर कोरोना संक्रमितको कुल संख्या १ हजार१ सय ४६ जना रहेको छ ।