२०८१ बैशाख १४ , शुक्रवार

आफ्नै श्रीमती हत्या गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ सिन्धुपाल्चोक  –

आफ्नै श्रीमती ४४ वर्षीया सुकुमाया तामाङलाई चिरपट र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।