२०८१ बैशाख ६ , बिहिवार

निर्वाण चौधरी बने ‘स्टोरी टेलर’

सुनाखरी न्युज/ काठमाडौं । चम्पादेवी डाँडोमाथि सुर्यास्तको सुन्दर दुश्यचम्किरहेकोथियो । राजधानीशहर सन्ध्यालाई स्वागतगर्ने तरखरमाथियो । घण्टाघरको घडीले साझको पाँच बजेको संकेत गर्दै हुदो हो ।

 

राजधानीको सातदोबाटोस्थित अनु बुक्समाबालबालिकाहरुउत्सवमय रौनकमा रमाउदै थिए । विभिन्न रंगमा सजिएका रंगिन बालकुर्चीहरु आआफ्नै सुरमायत्रतत्र रमाइरहेका बालबालिकाको प्रतिक्षामा देखिन्थे । सारंगी र मादलको कलात्मकतालमासुरिलो संगीतकोध्वनीले हलमा सुमधुर मादकता भरेको थियो। यहीवातावरणकाबीचमा झुल्किए,निर्वाण चौधरी । उनै निर्वाण,जो चौधरी ग्रुपकाप्रबन्धनिर्देशकहुन् ! देशकोएकमात्र डलर अर्बपतिविजनेश ग्रुपकाउत्तराधिकारी ।

 

निर्वाण त्यहाँकुनै व्यवसायीको रुपमा सहभागीभएकाथिएनन् । उनीत्यहाँहाजिर थिए त नयाँ परिचयका साथ । शहरका एकजनानयाँकथाकारको रुपमा । त्यस समारोहमानिर्वाण चौधरीद्वारा लिखितअंग्रेजीकथासंग्रह ‘आर्याज फेबल्स’को विमोचनहुदै थियो । आर्याज फेबल्स बालबालिकाकालागि लेखिएको कथासंग्रहहो । आर्याज फेबल्सनिर्वाण चौधरीले आफ्नो छोरी आर्याको छैठौं जन्मदिनको अवसरमातयार पारेको उपहार हो । ‘बुवाको रुपमा मैले हरेक साँझ छोरीलाई कथा सुनाइरहेको हुन्छु । एक साझमलाई के लाग्यो भने यीकथाहरु हाम्रा सबै बालबालिकाहरुलाई उत्तिकै रोचकलाग्न सक्छन्’ पुस्तक कसरी तयार भयो भन्ने बारे स्पष्ट गर्दै निर्वाणले भने, ‘त्यसपछि मैले छोरीलाई कथा सुनाइरहदा रेकर्डगर्न थाले रआजयसले पुस्तकको आकार लियो ।’

 

चौधरी फाउण्डेसनमार्फत बालबालिकाकालागि ‘डिजिटल क्लासरुम’ र ‘शुद्ध खानेपानीकार्यक्रम’ जस्ता योजनाकार्यान्वयनगरिरहेका निर्वाणले भने, ‘हाम्रा सबै बालबालिकाउत्तिकै विशेष छन् । र, उत्तिकै महत्वपूर्ण छन् । त्यसैले मेरी छोरीलाई सुनाइरहेका कथा सबै बालबालिकालाई पुस्तकमार्फत सुनाउनचाहेको कारण यहिहो ।’ कार्यक्रममा सहभागी सबै बालबालिकालाई निर्वाण आफैले आर्याज फेबल्स उपहार दिएकाथिए ।कथाकार चौधरीले आफ्नो कृतीको विमोचनगर्दै आफुले आफ्नो छोरीमार्फत देशभरिका बालबालिकालाई कथाहरुको संग्रहउपहार दिनपाउँदाखुसीलागेको बताए । ‘यस पुस्तकको बिक्रीबाट आउने रकमबालबालिकाकै हितमाप्रयोग गरिने छ’ लेखक चौधरीले भने, ‘देशभरिका बालबालिकाको उपचार हुने मुलुककै जेठो कान्तिबाल अस्पतालको विकासमा पुस्तक विक्रिबाट आउने रकमखर्चिने छौं ।’ वास्तवमानिर्वाण आफैमाकला, साहित्य, संगीत र सिर्जनाका संयोजन जस्ता लाग्छन् । उनीविजनेशमाजतिसुकै व्यस्तभएपनि सामाजिक योगदानविनाको विजनेशमा रुची राख्दैनन् । यसपटक उनीबालबालिकाकोलागि ‘स्टोरी टेलर’का रुपमा प्रस्तुतभएका छन् ।

 

यस पुस्तकमाजम्माबीस बालकथारहेकाछन् । पहिलो खण्डमा १३ वटा कथा रहेका छन् भने दोस्रो खण्डमा बुवा(निर्वाण) रछोरी (आर्या)को संम्वादमाआधारित सातकथा रहेका छन् ।कथाहरु बालनैतिकतालाई केन्द्रमा राखेर लेखिएको छ । बहादुरी र लचकता, आत्मविश्वास, सधैका प्रियमित्र, क्षमा, एउटा सकरात्मकमनस्थीती, इमानदारिता, नागरिकता र सामाजिकसिप, समयको महत्व, स्वस्थ्य जीवन शैलीलगायतका कथाहरु पुस्तकमा समावेश छन् । यसमा बालआर्टलाई पनिकलात्मक ढंगबाट प्रस्तुतगरिएको छ ।सज्जा र डिजाइनमा निकै ध्यानदिइएको पुस्तक हार्ड कभर र गुणस्तरीयकागजमाप्रकाशित छ । बालबालिकाले निर्वाण चौधरीलाई कथा उपहार दिने साथीको रुपमाचिन्ने छन्, अब ।