२०८१ बैशाख ८ , शनिवार

वायु र सौर्य उर्जाले विश्वको १० प्रतिशत बिजुली आपूर्ति गर्ने

सुनाखरी न्युज/ काठमाडौं –

वायु र सौर्य ऊर्जाले सन् २०२१ मा विश्वव्यापी बिजुलीको १० प्रतिशत उत्पादन गरेको नयाँ विश्लेषणले देखाएको छ । एम्बर, जलवायु र ऊर्जा थिंक ट्याङ्कको अनुसन्धान अनुसार ५० वटा देशहरूले वायु र सौर्य स्रोतमार्फत १० प्रतिशत ऊर्जा प्राप्त गर्छ ।

 

 

सन् २०२१ मा कोविड–१९ महामारीबाट विश्वका अर्थतन्त्रहरू पुनरुत्थान हुँदा ऊर्जाको माग बढेको छ । विद्युतको माग रेकर्ड गतिमा बढेको छ । सन् १९८५ पछि कोइलाको माग सर्वाधिक छिटो गतिमा बढ्यो । सौर्य र वायुलगायत अन्य स्वच्छ स्रोतहरूले सन् २०२१ मा विश्वको ३८ प्रतिशत बिजुली उत्पादन गरे । पहिलो पटक हावा टर्बाइन र सौर्य प्यानलले कूल १० प्रतिशत उत्पादन गरे ।

 

 

सन् २०१५ मा पेरिस जलवायु सम्झौतामा हस्ताक्षर भएपछि हावा र सूर्यबाट दोब्बर ऊर्जा प्राप्त भएको छ । हावा र सौर्यमा सबैभन्दा छिटो स्विचिङ नेदरल्याण्ड, अष्ट्रेलिया र भियतनाममा भएको थियो । यी तीनैले पछिल्लो दुई वर्षमा आफ्नो बिजुलीको मागको दसौँ हिस्सा जीवाश्म इन्धनमार्फत् हरित स्रोतमा स्थान्तान्तरण गरेको छ । भियतनामले पनि सौर्य ऊर्जामा शानदार वृद्धि देख्यो । यहाँ एक वर्षमा ३०० प्रतिशतको वृद्धि देखिएको छ । डेनमार्कजस्ता केही देशहरुले आफ्नो बिजुलीको ५० प्रतिशतभन्दा बढी हावा र सौर्य ऊर्जाबाट प्राप्त गर्ने तथ्यका बावजुद काइला ऊर्जामा पनि सन् २०२१ मा उल्लेखनीय वृद्धि देखियो ।

 

 

सन् २०२१ मा बिजुलीको बढेको मागको ठूलो हिस्सा जीवाश्म इन्धनले पूरा गरेको थियो जसमा कोइलाबाट चल्ने बिजुली ९ प्रतिशतले बढेको थियो, जुन सन् १९८५ पछिको सबैभन्दा छिटो दर हो ।  स्रोतः बीबीसी