२०८० चैत्र १६ , शुक्रवार

नेपाल पूर्व सशस्त्र प्रहरी संघको बार्षिकोत्सव तथा केन्द्रिय परिषद्सभा–२०७८ सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नेपाल पूर्व सशस्त्र प्रहरी संघकोे तेह्रौ र चौधौँ बार्षिकोत्सव तथा केन्द्रिय परिषद् सभा चैत्र १५ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आयोजित बिषेश समारोहका बीच संघका संरक्षक समेत रहनुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

 

अवकास प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई सो केन्द्रिय परिषद् सभाले आपसी छलफल तथा सहमतीबाट संघको अध्यक्षमा चुन्नुको साथै विभिन्न पदाधिकारीहरु समेत चुनेको छ। त्यअवसरमा संघका पदाधिकारीहरु तथा सदस्यहरुबीच संघको बार्षिक आयव्यय विवरण तथा संघका कामकारवाहीका साथै भावी योजना तथा रणनिती बारे छलफल भएको छ । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो संघले अवकास पश्चात विभिन्न क्षेत्रमा रहेर महत्वपूर्ण योगदान पु¥याउनुहुने ८ जना अग्रज व्यक्तित्वहरुलाई प्रदान गरेको सम्मान पत्र हस्तान्तरण गर्नुका साथै संगठन सो संघलाई विभिन्न सहयोग गर्दै अगाडी बढिरहेको बताउनुभयो ।

 

उँहाले संगठनमा रहेर राज्यप्रद्धत्त जिम्मेवारी निर्वाहको क्रममा प्राणोत्सर्ग गर्नुहुने संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदानको स्मरण गर्नुहुँदै घाईते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल आजको स्थानसम्म आईपुग्नमा संगठनका पूर्वज नेतृत्व, अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु तथा बहालवाला राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले कर्तब्यनिष्ठ र पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा क्रियाशिल रहि पु¥याएको योगदान, परिश्रम र मेहनत रहेको बताउनुभयो ।

उँहाले अग्रजहरुबाट प्राप्त सुझाबहरुलाई समेत समेट्दै सांगठानिक विकास विस्तारमा आफुहरु निरन्तर लागिरहेको चर्चा गनुहुँदै राष्ट्र र नागरिकको सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् पिडित नागरिकहरुको उद्धार लगायतका राज्य प्रद्धत्त जिम्मेवारीहरुमा मानव अधिकारको सम्मान गर्दै भष्ट्राचार तथा लैङ्गिक हिंसामा सुन्य सहनशिलताको नीति कडाईका साथ कार्यान्वयन गर्दैै राष्ट्रको राजश्व अभिबृद्धीमा योगदान पु¥याउँदै विश्वव्यापी कोभिड–१९ माहामारी नियन्त्रणमा नेपाल ए.पि.एफ. अस्पताल तथा सशस्त्र प्रहरी कर्मचारीहरुले पु¥याएको योगदानको नेपाल सरकार तथा विभिन्न क्षेत्रहरुबाट समेत प्र्रशंसा भईरहेको बताउनुभयो ।

 

महानिरीक्षक खनालले सुशासन र शान्ति सुरक्षाको वातावरण निर्माणमा आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन त्यसैअवसरमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहँुदै देशका ७७ वटै जिल्लाका विभिन्न कठिन भौगोलिक स्थानहरुमा खटिई राष्ट्रको सुरक्षा तथा आम नागरिकको सेवामा क्रियाशिल रहँदै व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाका साथ योगदान पु¥याउने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु प्रति समेत हार्दिक आभार प्रकट गर्नुभयो । समारोहमा सो संघका निबर्तमान अध्यक्ष अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक किशोर कुमार लामाले नेपाल पूर्व सशस्त्र प्रहरी संघ आफ्नो ठाउँबाट पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको उन्नती तथा प्रगतीका लागि निरन्तर लागिरहेको बताउनुभयो ।

 

सो समारोहमा विभिन्न पूर्व राष्ट्रसेवक कर्मचारी संघका अध्यक्षहरुले समेत संघको उदेश्य प्राप्तीमा सफलताको सुभकामना व्यक्त गर्नुहुँदै सबै संघहरु आपसमा मिलेर राष्ट्रिय स्वार्थमा एकजुट हुनुपर्नेमा जोड दिनुहँुदै संघलाई सुझाव समेत व्यक्त गर्नुभएको थियो । समारोहमा संघका बरिष्ठ उपाध्यक्ष अवकास प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा. ठाकुरमोहन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।त्यस अवसरमा ज्ञात अज्ञात सहिदहरुको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । समारोहमा विभिन्न पूर्व राष्ट्रसेवक कर्मचारी संघका विशिष्ठ व्यक्तित्वहरु, पूर्व सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरु लगायत पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।