२०८१ बैशाख १३ , बिहिवार

उपकार लघुवित्तको चैत २५ गतेदेखि आइपीओ खुल्ने

सुनाखरी न्युज/ काठमाडौं । उपकार लघुवित्तले चैत २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

 

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५% अर्थात् ११ हजार ८१३ कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।