२०८१ बैशाख १३ , बिहिवार

स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने काँग्रेसको निर्णय

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठक र शीर्ष नेताहरुको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । पार्टीको केन्द्रीय समिति बैठक र शीर्ष नेताको बैठकले गठबन्धनबारे नीतिगत निर्णयमात्र गरेको महतले बताउनुभयो। ‘स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहको दलहरुसँग दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भयो ।

व्यवहारमा कसरी कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा र जिल्ला तहमा संयन्त्र बन्छ’ उहाँले भन्नुभयो ।