२०८० चैत्र १५ , बिहिवार

उत्कृष्ट कामको छ फेसबुकको गोप्य फिचर, यसरी गर्नुहोस् प्रयोग

सुनाखरी न्युज/ काठमाडौं –

फेसबुकको मेसेन्जरमा कयौं राम्रा फिचरहरु पाइन्छ । यस्तै एक फिचर गोप्य वार्तालाप हो । यो फिचरको माध्यमबाट गोप्य च्याट गर्न सकिन्छ र अन्य कसैले पनि तपाईको मेसेज पढ्न पाउने छैनन् ।

 

सोसल मिडिया प्लेटफर्म आज धेरै मानिसको दैनिक जीवनको हिस्सा बनिसकेको छ । मानिस कयौं सोसल मिडिया एप्सको प्रयोग अर्को व्यक्तिसँग संचार गर्नका लागि गर्छन् । यी सवैमा मेटाको फेसबुक र यसको मेसेजिङ एप मेसेन्जर ब्यापक लोकप्रिय छ । यी एप्समा तपाईलाई कयौ फिचर्स प्राप्त हुन्छ । जसको जानकारी सबै मानिसलाई थाहा छैन । यस्तै एक फिचर हो फेसबुक मेसेन्जरको सेक्रेट कनभर्सेसन । आउनुहोस जानौ विस्तृतमा ।

के हो फेसबुकको सेक्रेट कन्भर्सेशन फिचर ?
फेसबुकको सेक्रेट कन्भर्सेशन एन्ड–टुु–एन्ड इनक्रिप्टेड हुन्छ । यो फिचरको प्रयोग गरेर युजर्सले कोही अरुले मेजेस पढ्ने चिन्ता छोडेर च्याट गर्न सक्छन् । सजिलो शब्दमा भन्नुपर्दा यो एक एन्ड–टु–एन्ड इन्क्रिप्टेड हुन्छ । यसैले तपाईले पठाएको मेसेज कोही अन्यको बीचमा पढ्न सक्दैन । यहाँसम्मकी फेसबुकले समेत मेसेज पढ्न सक्दैन । यसका अलावा सेक्रेट कन्भर्सेसनमा तपाइको हराएको मेसेजको फिचर पनि आउछ । यसको सहयोगबाट तपाई एक निश्चित समयसम्म मेसेज पठाउन सक्नु हुने छ ।

 

निश्चित समयपछि यो मेसेज आफसेआफ डिलिट हुन्छ । यसका साथै प्लेटफर्ममा नयाँ फिचर पनि थपिन्छ । यसले यदि कोही दोस्रो प्रयोगकर्ताका स्क्रिन लिन्छ भने तपाईलाई यसको नोटिफिकेशन आउछ । ध्यान दिनुसकी सेक्रेट कन्भर्सेशनको फिचर केवल मेसेन्जर मोबाइल एपमा प्राप्त हुन्छ । यसको फाइदा वेब भर्सनमा प्राप्त हुँदैन ।

मेसेन्जरमा कसरी हुन्छ सेक्रेट वार्तालाप
सबैभन्दा पहिले तपाईलाई आफ्नो स्मार्टफोनमा मेसेन्जर एप खोल्नु पर्छ । यसपछि तपाईले कम्पोज बटनमा क्लिक गर्नुपर्छ । जुन मेसेन्जरमा दायाँ वा टपमा हुनेगर्छ । जसरी तपाई यहाँ आउनु हुन्छ, तपाईलाई एक टोगल बटम देखिन्छ । यसलाई तपाईले अन गर्नुपर्छ । यो बटन अन गर्ने बित्तिकै तपाईले कुनै व्यक्तिलाई छान्नु पर्नेछ, जसलाई तपाई मेसेज गर्न चाहनु हुन्छ । तपाईले उक्त व्यक्तिको नाममा क्लिक गर्नुपर्छ, जोसँग गोप्य वार्तालाप गर्न चाहनु हुन्छ । यस किसिमले तपाई दुईबीच फेसबुक मेसेन्जरमा गोप्य वार्तालाप सुरु हुन्छ । एजेन्सी