२०८१ बैशाख २९ , शनिवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान प्रभावित

सुनाखरी न्युज/ काठमाडौं –

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् ।

 

 

सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोमबार बिहानैदेखि काठमाडौंको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

 

 

मौसममा सुधार हुनेबित्तिकै उडान र अवतरण नियमित हुने उनको भनाइ छ । भिजिबिलिटी कम हुँदा सोमबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरणहरु प्रभावित भएका थिए । रासस