२०८० चैत्र १५ , बिहिवार

कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा

सुनाखरी न्युज/ काठमाडौं । मुलुकको प्रमुख जीवन बिमा कम्पनी प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो ।

 

कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो । कार्यालय विस्तारबाट अझ बढी सर्वसाधारणको पहुँचमा बिमा सेवा पु¥याउन, सर्वसाधारणलाई जीवन बिमाको महत्व बुझाउन र बिमितले सहज रुपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन सहज हुने कम्पनीको अपेक्षा छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिइओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइमलाइफ बन्ने लक्ष्यमा अघि बढिरहेको बताउनुभयो । यसले बिमितलाई घरैमा बसेर बिमालेख खरिद गर्न र सुरक्षित रुपमा बिमा शुल्क भुक्तानी गर्न मदत गर्ने उहाँले बताउनुभयो ।

 

उहाँले हालको परिस्थितिमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिनुपर्नेमा पनि जोड दिनुभयो । सिइओ भट्टराईले लेखनाथ कार्यालयलाई बिमा शुल्क उठाउनेमा मात्र सीमित नराखी बिमासम्बन्धी जागरण फैलाउने काममा पनि परिचालन गर्ने बताउनुभयो । आगामी दिनमा कम्पनीले ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता जनाउनुभएका सिइओ भट्टराईले कम्पनीले ग्राहकमैत्री सेवामा जोड दिएकै कारण उनीहरुमा कम्पनीको सेवाप्रति सन्तुष्टिको स्तर बढिरहेको बताउनुभयो ।

 

कार्यक्रमका विशिष्ट अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथमा बिमा व्यवसाय विस्तार भएककोमा खुसी व्यक्त गर्नुभयो । नेपालको बिमासम्बन्धी क्रियाकलापप्रति सर्वसाधारण त्यति सन्तुष्ट नभएको र अभिकर्ताहरु बिमा शुल्क उठाउन मात्र दौडिरहेको उहाँले बताउनुभयो । अध्यक्ष आत्रेयले बिमितको हित हुने गरी बिमा व्यवसाय गर्नुपर्नेमा पनि जोड दिनुभयो । सो कार्यक्रममा कम्पनीका बजार प्रमुख नविन थापा, गण्डकी प्रदेश प्रमुख शिवप्रसाद पौडेल, लेखनाथ शाखा प्रमुख निर्मला भट्टराई, दर्जनौं अभिकर्ता लगायत सर्वसाधरणको सहभागिता थियो ।

 

प्राइम लाइफ इन्स्योरेन्स बारे
प्राइमलाइफ इन्स्योरेन्सले २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको हो । मजबुत सुरुआतसँगै प्राइमलाइफले सबल संरचनायुक्त व्यावसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी देशको उत्कृष्ट जीवन बिमा कम्पनीको परिचय बनाएको छ । कम्पनी आगामी दिनमा अझ बढी उत्तरदायी तथा व्यावसायिक भई जीवन बिमा व्यवसायलाई पारदर्शी बनाउँदै उत्कृष्ट जीवन बिमा सेवा प्रदायकको पहिचान बनाउन प्रयासरत छ ।
कम्पनीको प्रमुख वित्तीय सूचकांकः
चुक्ता पँजी २७८ करोड
जीवन बीमा कोष १६.६० करोड
हालसम्म आर्जन गरेको कूल बिमाशुल्क २,१७४ करोड
हालसम्म जारी गरेको कूल बिमालेख संख्या १,७५२,९८२