२०८१ जेठ ७ , सोमवार

घट्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ५ सयमा कारोबार भएकोमा आज तोलामा १३ सयले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३७० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।