२०८१ जेठ ७ , सोमवार

सुन आज तोलामा ४०० सयले सस्तियो

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ।

 

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४०० रुपैयाँमा कारोबार भएको छ।

 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थित रहँदै चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।