२०८० चैत्र १५ , बिहिवार

मनमोहन मेमोरियल कलेजमा साँस्कृतिक कार्यक्रमको आयोजना

सुनाखरी न्युज/ काठमाडौं ।
मनमोहन मेमोरियल कलेजको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमसम्पन्न भएको छ । कलेजले स्नातक तह प्रथम बर्षमा अध्ययनरत कलेजका विद्यार्थीको स्वागत र स्नातक तह तेस्रो र चौथो बर्ष तथा स्नातकोत्तर तह चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीको विदाइका अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो ।

 

त्यस अवसरमा राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुको समते उपस्थिति रहेको कलेजका प्राचार्य द्रोण वहादुर अधिकारीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा विभिन्न संकायमा ४ सय भन्दा बढी विद्यार्थीको सहभागिता थियो ।

 

 

त्यसक्रममा विद्यार्थीका साथसाथै लोक तथा दोहोरी गायिका भावना अर्याल, नेपाल आइडलकी समिरा थपलिया, सक्किगोनिकी कलाकार प्रियना आयार्य, लेटमि डान्सका उपविजेता युगेस श्रेष्ठ लगायतका कलाकारहरुले आ आफ्नो प्रतिभा प्रश्तुत गरेका थिए ।

 

 

कलेजको बालाजु ब्लकमा आयोजित सो कार्यक्रममा विद्यार्थीहरुले आ आफ्नो प्रतिभा प्रश्तुत गरी भरपुर मनोरञ्जन लिएका थिए ।

 

 

त्यसक्रममा कलेजका अध्यक्ष रामकृष्ण ढकाल, कलेजका संस्थापक एवं सल्लाहकार डा. बावुराम अधिकारी, शैक्षिक इञ्चार्ज रामप्रसाद अर्याल लगायत सो कलेजमा अध्यापनरत शिक्षक शिक्षिकाहरुमो समेत सहभागिता रहेको थियो ।

 

 

 

कलेजले समय समयमा यस किसिमका अतिरिक्त कार्यक्रमहरुको आयोजना गर्ने गरेको छ ।