२०८१ बैशाख २७ , बिहिवार

इङ्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा

सुनाखरी न्युज/ काठमाडौं –

इङ्ल्यान्ड आईसीसी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आईतबार भएको खेलमा बंगलादेशलाई एक सय रनले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम चारमा पुग्यो ।

 

न्युजिल्यान्डको वेलिङ्टनमा इङ्ग्ल्यान्डले दिएको २३५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा अलआउट हुदै मात्र १३४ रन बनायो । जितसँगै इङ्ग्ल्यान्डले ७ मध्ये चार खेल जित्दै ८ अंक जोडेको छ । यता अष्ट्रेलिया र दक्षिण अफ्रिकाले भने यस अघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् । बंगलादेशका लागि लता मोन्डलले सर्वाधिक ३० रन जोडिन् । इङ्ग्ल्यान्डका लागि सोफी इक्लेस्टोन र चार्ली डिनले समान तीन–तीन विकेट हात पारे ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३४ रन जोड्यो । इङ्ग्ल्यान्डका लागि सोफी डंकलीले सर्वाधिक ६७ रनको योगदान गरिन् । नाट सेसिभरले ४० रन जोडिन । बलिङतर्फ बंगलादेशका लागि सलमा खातुनले सर्वाधिक २ विकेट हात पारिन् ।  एजेन्सी