२०८१ जेठ ७ , सोमवार

सुनचाँदीको भाउ आज स्थिर

सुनाखरी न्युज/ काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४०० रुपैयाँ नै कायम भएको छ।

 

गत शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँलेको बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४०० रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।