२०८१ बैशाख ३१ , सोमवार

अवैध रुपमा भन्सार छलि ल्याइको मोबाइलका विभिन्न पार्टपूर्जा र कपडा सहित पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । नवलपरासी(पूर्व) । कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित राजमार्ग लु.१ च ९७६० नम्बरको जिपमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब १८ लाख १ हजार ७ सय २२ रुपैयाँ मूल्य बराबरको मोबाइलका बिभिन्न पार्टपूर्जा र कपडा सहित जिपमा सवार प्रतापपुर गाउँपालिका-६ बस्ने राजकुमार गुप्ता तेली समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त जिप जाँच गर्ने क्रममा केराको पातले छोपी अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको अवस्थामा उक्त सामान फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर नवलपरासी (पश्‍चिम) पठाइएको छ ।