२०८१ जेठ १ , मंगलबार

कोरोना अपडेट : थप १८ जनामा कोरोना संक्रमण, मृतकको सङ्ख्या शुन्य

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अबधिमा कसैको मृत्‍यु नभएको मन्त्रालयले जानकारी दिएको हो।

 

२ हजार ८ सय २२ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ५ सय २० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ सय ७१ जना निको भएका छन् भने हाल देशभर १ हजार ९ सय ६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १ हजार ९ सय १६ जना होम आइसोलेसनमा रहेका छन् ।

 

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४ सय १४ पुगेको छ । योसँगै नेपालमा भाईरसको संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ भने ९ लाख ६४ हजार ३ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।