२०८१ जेठ १ , मंगलबार

नेपालमा खोप उपलब्ध गराउने चीन पहिलो

सुनाखरी न्युज/ काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणकालागि नेपाललाई स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप चीन सरकारले उपलब्ध गराएको छ ।

 

अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड–१९ विरुद्धको भेरोसेल खोप पटक–पटक गरी एक करोड ९७ लाख ३६ हजार मात्रा उपलब्ध गराएको स्वास्थ्य सेवा विभागले जनाएको छ । नेपालमा हालसम्म कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको छ ।

 

तीमध्ये चीन सरकारले एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप उपलब्ध गराएको हो । यस्तै चीन सरकारले ३४ लाख सिरिञ्ज पनि उपलब्ध गराएको छ । नेपालमा अहिलेसम्म लक्षित जनसङ्ख्याको ९३.१ प्रतिशतले पहिलो मात्रा र ८१.६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।