२०८० चैत्र १६ , शुक्रवार

यूनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तिन बर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ ।

 

बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ । कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा योजना न्युन आय भएका ब्यक्तिहरु देखि अधिक आय भएका ब्यक्तिहरुले खरिद गर्न सक्ने देखिएको छ । न्यूनतम रु. ५० हजार देखि आय श्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेकोले उक्त बीमा योजनामा सबैको पहुँच हुने देखिएको छ । साथै न्युनतम ९ बर्ष देखि अधिकतम १८ बर्ष सम्मको अवधि कायम गरी १६ बर्ष देखि ५० बर्षका ब्यक्तिहरुले बीमा गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

बीमा गर्ने ब्यक्ति बीमा अवधि सम्म जिवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधि भित्र कालगतीले मृत्यु भएमा समेत बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ । कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ । उक्त योजनामा दुर्घटना लाभ वापतको अधिकतम रकम एक करोड सम्म हुने ब्यवस्था रहेको छ । प्रत्येक तिन बर्ष पुरा भएको बीमालेखको बार्षिकोत्सव मितिमा अग्रिम भुक्तानी वापतको रकम प्रदान गरिने र बीमा अवधि समाप्तीमा बीमितले प्राप्त गरेको अग्रिम भुक्तानी रकम पश्चात बाँकी हुन आउने बीमाङ्क रकम र बोनस समेत प्रदान गरिने ब्यवस्था रहेको छ ।

 

यस बीमा योजनामा दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट, मासिक आय, घातक रोग सम्बन्धी थप सुविधाहरु लिन सक्ने ब्यवस्था रहेको छ । साथै बीमालेख लिएको मितिले तिन बर्ष पुरा भए पश्चात समर्पण मुल्य, चुक्ता मुल्य तथा कर्जा सुविधा प्राप्त गर्ने ब्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णका अनुसार प्रत्येक तिन बर्ष पछि अग्रिम भुक्तानी हुने र सबै बर्गका मानिसहरुको पहुँचमा पु¥याउने उद्देश्यले ल्याईएको बीमा उक्त योजना बीमा गर्नेहरुको हितमा रहेको छ ।