२०८१ जेठ ७ , सोमवार

आज सुन तोलामा ६०० सय रुपैयाँले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । सुनको मूल्य बढेर तोलाको एक लाख १ हजार नजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको १ लाख ९०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४०० रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजावी सुन ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज सुनसंगै चाँदीको मूल्य पनि बढेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदी तोलामा २५ रुपैयाँले बढेको हो ।

 

शुक्रबार चाँदीको मूल्य तोलाको १ हजार ४०० रुपैयाँ कायम गरिएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबारको तुलनामा बिहीबार सुन तोलामा १ हजार १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको थियो । आज अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९६० डलर र चाँदी प्रतिऔंस २५ दशमलव ६४ डलरको हाराहारीमा कारोबार भइरहेको छ।