२०८१ बैशाख २७ , बिहिवार

जुनियर टेनिसमा यु–१४ मा राजबिर, यु–१२ मा ब्रिजेश, तथा यु–८ मा आर्यशलाई स्वर्ण

सुनाखरी न्युज/ काठमाडौं । पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ अन्तर्गत १४ वर्ष मुनिको इभेण्टमा राजबिर प्रधानले स्वर्ण पदक जितेका छन् ।

 

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको फाइनल खेलमा पोखराका दर्शिल श्रेष्ठलाई ६–२, ६–२ ले पराजित गर्दै नगद १२ हजार सहितको उपाधी जितेका हुन् । दोश्रो स्थानमै चित्त बुझाएका दर्शिल नगद ६ हजार सहित पुरस्कृत भए । १२ वर्ष मुनिको इभेण्टमा ब्रिजेश अर्यालले प्रथम, स्पर्श तिमिल्सीना क्षेत्रीले द्वितिय, अशाभ सम्राट हाडाले तृतीय भए । प्रतियोगिताका विजेता नगद ८ हजार तथा उप–विजेता नगद ५ हजार सहित पुरस्कृत भए ।

 

ब्वाइजकै १० वर्ष मुनिको इभेण्टमा विश्व डल्लाकोटी प्रथम, संघर्ष फोकदार द्वितिय, सन्दिप जिसी तृतीय, सनम सापकोटा चौथो भए । ८ वर्ष मुनिको ब्वाइज सिंगल उपाधी पोखराका आर्यश राज पौडेलले जिते । फाइलन खेलमा उनले पोखराकै नितेश थापालाई पराजित गर्दै नेपालको शिर्षस्थान कायमै राखे । प्रतियोगितामा निर्जल टण्डनले तेश्रो तथा सुभान केसीले चौंथो स्थान हाँसिल गरे ।

 

प् प्रतियोगिताका विजयी खेलाडीहरुलाई पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार, कास्की जिल्ला टेनिस अभिभावक संघका सदस्य भिष्मराज पौडेल, अभिभावक प्रेमप्रकाश गौतम लगायतले पुरस्कार वितरण गरेका थिए । महिलातर्फका विभिन्न इभेण्टका फाइनल खेल तथा अन्य कन्सुलेसन खेलहरुपनि जारी रहेको प्रतियोगिता संयोजक नविन श्रेष्ठले जानकारी दिए ।