२०८१ बैशाख १२ , बुधवार

नवोदित कलेजका विद्यार्थीले मनाए पानी दिवस

एलिना न्यौपाने र भैरवी पाण्डे /सुनाखरी न्युज, काठमाडौं ।

काठमाडौंको सामाखुशी स्थित नवोदित कलेजका विद्यार्थीले विश्व पानी दिवस भब्य रुपमा मनाएका छन् । उनीहरुले विभिन्न कार्यक्रमगरी यो दिवस मनाएका हुन् ।

 

कलेजको मानविकी संकाय अन्तर्गत बिए/बिएसडब्लुुु प्रथम बर्षको विद्यार्थीले सक्रियतामा यो दिवस मनाइएको हो ।

 

 

यस अवसरमा विद्यार्थीहरुले काठमाडौका विभिन्न स्थानमा खाने पानी वितरण गरेका थिए । शुद्ध पानी पिउँ, रोग लाग्नवाट बचौं भन्ने नाराका साथ उनीहरुले यो दिवस मनाएका हुन् ।

 

 

यसक्रममा कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारी, सहायक प्रिन्सिफ जिवी अधिकारी, कोअर्डिनेटर कृष्ण विलास अधिकारी लगायतले विद्यार्थीले समाजिक कामप्रति देखाएको सक्रियताको सहहना गरे ।

 

 

नवोदितका विद्यार्थीहरुले समय समयमा विविध किसिमका कार्यक्रमको आयोजना गर्दै आएका छन् ।