२०८१ बैशाख २८ , शुक्रवार

यमनमा एउटा आँखासहित जन्मिएका बच्चा चर्चामा : आखिर कसरी जन्मिन्छन् यस्ता शिशु ?

सुनाखरी न्युज/ काठमाडौं –

यमनको अल–बायदामा महिलाले एउटा आँखा भएका बच्चा जन्माइन । ती शिशुको जन्मिएको सात घण्टापछि निधन भयो । गल्फ न्युज अनुसार यी शिशुको जन्म अघिल्लो हप्ता बुधबार भएको थियो । यस्ता खालका शिशुको जन्म हुनु कुनै नौलो कुरा होइन । भारतमा पनि यस्तो जन्म भएको विभिन्न रिपोर्टमा उल्लेख छ । प्रश्न यो उठ्छ कि यस्ता शिशुको जन्मको कारण आखिर के हो ?

बच्चालाई देखेर सबै अचम्मित भएका थिएः

यमनको अल–बायदाको रदा शहरमा हुसैन अल अब्बासी आफ्नी गर्भवती श्रीमती जाहरालाई अल हिलाल अस्पताल लिएर गएका थिए । बच्चा जन्मिँदा उनको एउटा मात्रै आँखा थियो । डाक्टरका अनुसार यो आफ्नै खालको पहिलो घटना हो तर मेडिकल साइन्सको किताबमा यसबारे बताइएको छ । यसलाई साइक्लोप्स भनिन्छ । यमनका पत्रकार करिम जराईका अनुसार ती शिशुको एउटा मात्रै अप्टिक नर्भ थियो । मिडिया रिपोर्टका अनुसार संसारभरी ५० वर्षमा यस्तो प्रकारको ६ घटना सार्वजनिक भएको छ । ग्रिक र रोमन माइथोलोजीमा पनि एउटा आँखा भएकाहरुले कुरा गरिएको छ । यसलाई साइक्लोप्स भनिन्छ ।

हरेक वर्ष यस्ता लाखौँ बच्चा जन्मिन्छन्ः

संसारको हरेक देशमा केही नवजात शिशुमा यस्तो खालको समस्या देखिने गर्छ । संसारभरी हरेक वर्ष ८० लाख बच्चा असामान्य जन्मिन्छन् । यसमा हरेक वर्ष ३३ लाख बच्चा ५ वर्ष अघि नै आफ्नो ज्यान गुमाउने गर्छन् । यस्तै, बाँकी ३२ लाख शिशुको उपचार सम्भव पनि हुन्छ । यद्यपि, डाक्टरका अनुसार यस्ता खालका बच्चाको जीवन धेरै हुँदैन ।

कसरी जन्मिन्छन् असाधारण बच्चा ?

एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा दिल्लीस्थित तिरथराम अस्पतालका गाइनाकोलोजिस्ट डा. सुनिता वशिष्ठले धेरैजसो अवस्थामा यो वंशानुगत पनि हुन्छ । यस्तै, फोलिक एसिड, क्याल्सियम, आइरनको कमी पनि यस्ता खालका असाधारण जन्मको कारण बन्ने गर्छ ।

यस्ता परीक्षणले पत्ता लाग्न सक्छ रोगः

एनआईपीटी परीक्षण

डबल मार्कर टेस्ट

ट्रिपल मार्कर टेस्ट

परीक्षणबाट थाहा पाउन सकिन्छ रोगः

गाइनाकोलोजिस्ट डा. सुनिता वशिष्ठ अनुसार गर्भवती महिलाले डाक्टरसँग लगातार सम्पर्कमा रहनुपर्छ । थुप्रैपटक महिला एक्सरे वा अन्य परीक्षण गराउँदैनन् । यस्ता लापरवाहीबाट भने बच्नुपर्छ । गर्भवती महिलाले डबल मार्कर टेस्ट, ट्रिपल मार्कर टेस्ट र एनआईपीटी (एनआईपीटी) परीक्षण कुनै पनि हालतमा गर्नुपर्छ । यस्तै, गर्भधारणपछि पहिलो अल्ट्रासाउन्ड वा २० हप्तामा एनोमली स्क्यान पक्कै पनि गराउनुहोस् । गर्भावस्थाको १८ देखि २१ औँ हप्ताबीच गरिने अल्ट्रासाउन्ड परीक्षणलाई एनोमली स्क्यान भनिन्छ । यसमा आमाको गर्भको परीक्षण गरिन्छ, यसमार्फत् कोखमा हुर्किरहेका बच्चा र आमाको स्वास्थ्यबारे पत्ता लगाउन सकिन्छ ।  एजेन्सी