२०८१ जेठ ७ , सोमवार

सुन तोलामा ८ सयले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले बढेको हो ।

 

सोमबार पनि सुनको मूल्य तोलामा तीन सयले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख तीन सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १३९५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।