२०८० चैत्र १५ , बिहिवार

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । प्रभु लाइफइन्स्योरेन्स लिमिटेडको चौथोवार्षिक साधारणसभा होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भयो ।

 

वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको यस प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिमाअध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेश बहादुर मल्ल, अपूर्व प्रसाद जोशी, अनिल प्रसाद श्रेष्ठ र डा. बिमला दाहाल रेग्मीरहनु भएको छ । चौथो वार्षिक साधारण सभालेसमूह“क” संस्थापक समूहका शेयरधनीका तर्फ बाट सञ्चालक डा. बिमलादाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ ।

 

साथै कम्पनीको नियमावली अनुसार समूह“ख”का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचन बाट शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित हुनु भएको छ । साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुतगर्नु भएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६÷७७को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।