२०८१ जेठ ७ , सोमवार

सृजना कप भलिबलमा छात्र÷छात्रा दुबैतर्फ शान्ता माविलाई दोहोरो उपाधि

सन्देश श्रेष्ठ/ पोखरा । शान्ता माविले सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको दोहोरो उपाधि जितेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा शान्ता माविले छात्र तथा छात्रा दुबै तर्फको उपाधि जितेको हो ।

 

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सोमबार भएको फाइनल भिडन्तमा छात्रतर्फ शान्ता माविले मेश्रम वराह मावि र छात्रातर्फ शान्ता माविले नै लक्ष्मी माविलाई सोझो सेटमा हराउँदै दुबै तर्फ नगद एक÷एक लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । उपबिजेतामा चित्त बुझाएको छात्रतर्फको मेश्रम वराह र छात्रातर्फको लक्ष्मी माविले नगद ५०÷५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । छात्रतर्फको फाइनल खेलमा शान्ता माविले मेश्रम वराह माविलाई २५–२१, २५–१६ र २७–२५ को सोझो सेटमा हरायो । छात्रातर्फको उपाधि भिडन्तमा शान्ता माविले लक्ष्मी माविलाई २५–२०, २५–८ र २५–१० को सोझो सेटमा हरायो ।

 

प्रतियोगितामा छात्रतर्फ कालिका मावि र छात्रातर्फ विन्ध्यबासिनी मावि तृतीय स्थान हासिल गर्न सफल भए । तेश्रो स्थानका लागि भएको खेलमा छात्रतर्फ कालिका माविले ईन्द्रराज्यलक्ष्मी माविलाई २५–१८, २५–१७ र २५–२१ को सेटमा पन्छायो । छात्रातर्फ विन्ध्यबासिनी माविले भद्रकाली माविलाई २५–१४, २६–२४ र २५–६ को सोझो सेटमा हरायो । तृतीय स्थान हासिल गरेको कालिका मावि र विन्ध्यबासिनी माविले नगद ३०÷३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 

प्रतियोगितामा छात्रतर्फ शान्ता माविका ज्ञानु परियार तथा छात्रातर्फ शान्ता माविकै गंगा गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही नगद ५÷५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा छात्रतर्फ मेश्रम वराह माविका सविन नेपाली उत्कृष्ट स्पाइकर, शान्ता माविका विवेक सुनार उत्कृष्ट सेटर, शान्ता माविकै सुभास गुरुङ उत्कृष्ट सर्भर, कालिका माविका उमेश गुरुङ उत्कृष्ट डिफेन्स र मेश्रम वराह माविका किशोर विक उत्कृष्ट व्लकर घोषित भए । यसैगरी, छात्रातर्फ चार विधामा शान्ता माविका विद्यार्थी उत्कृष्ट भए । शान्ता माविका जमुना गुरुङ उत्कृष्ट स्पाइकर, निशा भुजेल उत्कृष्ट सेटर र शिला बस्नेत उत्कृष्ट सर्भर घोषित भएका हुन् । लक्ष्मी माविकी गिरमाया गुरुङ उत्कृष्ट डिफेन्स घोषित भईन् । उत्कृष्ट सबैलाई एक÷एक थान भलिबल प्रदान गरिएको थियो ।

 

बिजयीहरुलाई सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेल, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानिया, पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्कासहित सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघका पदाधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

चैत ५ गतेदेखि शुरु भई सोमबार सम्पन्न प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुका कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमहरुको सहभागिता थियो । खेलकुदको जग मानिने सामुदायिक विद्यालयमा भलिबल खेलमा पुर्नजागरण ल्याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक द्वय कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रले जनाएको छ । यसले खेलाडी उत्पादनमा सघाउने उनीहरुको विश्वास छ ।