२०८१ जेठ ७ , सोमवार

सुनको मूल्य तोलामा ३ सयले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली बजारमा सुनको मूल्य आज सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।