२०८१ जेठ ७ , सोमवार

सामसङले सार्वजनिक गर्‍यो ५ जी समर्थन गर्ने नयाँ बजेट स्मार्टफोन, मूल्य कति?

सुनाखरी न्युज/ काठमाडौं –

सामसङले नयाँ बजेट स्मार्टफोन सार्वजनिक गरेको छ। कम्‍पनीले ५जी समर्थन गर्ने ए-५३ ५जी स्मार्टफोन सार्वजनिक गरेको सिएनएन बिजनेसले जनाएको छ।

 

एप्पलले आफ्नो बजेट आइफोन एसई सार्वजनिक गरेको घोषणासँगै सामसङले पनि गत बिहीबार भएको ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्टमा आफ्नो नयाँ बजेट फोन सार्वजनिक गरेको हो। नयाँ ग्यालेक्सी ए-५३ ५जीको क्यामेरा उत्कृष्ट हुनुका साथै यसको प्रोसेसर पनि पावरफुल भएको कम्पनीले जनाएको छ। कम्पनीले १२८ जिबी मोडलको नयाँ ए-५३ को मूल्य ४ सय ४९ अमेरिकी डलर तोकेको छ। यो भनेको नेपाली ५४ हजार छ सय रुपैयाँ बढी हो। गत साता सार्वजनिक एप्पलको ५जी नेटवर्क समर्थन गर्ने एसईको ६४ जिबी मोडलको मूल्य भने जम्मा ४ सय २९ अमेरिकी डलर तोकेको छ।

 

यो भनेको नेपाली साढे ५२ हजार रुपैयाँ हाराहारी पर्छ। सामसङको ए-५३ ५जी स्मार्टफोनमा ६.५ इन्चको डिस्प्ले छ। यसमा १२० हर्जको रिफ्रेस रेट दिइएको छ। यसमा सामसङको नयाँ इक्जाइनोस ५ एनएम प्रोसेसर पाउन सकिन्छ। जसले गर्दा मोबाइलमा भएको नाइट मोडलाई थप अद्यावरण गरेको छ। चार वटा क्यामेरा भएको ग्यालेक्सी ए-५३ मा ६४ मेगापिक्सलको मुख्य क्यामेरा छ भने ३२ मेगापिक्सलको फ्रन्ट (सेल्फी) क्यामेरा छ। साथै यसमा १२ मेगापिक्सलको अल्ट्रा वाइड सेन्सर, ५ मेगापिक्सलको डेप्थ सेन्सर र ५ मेगापिक्सलको म्याक्रो सेन्सर क्यामेरा छ।

 

त्यस्तै, कम्पनीले यसको ब्याट्री पनि राम्रो भएको बताउँदै एक पटकको पूरा चार्जमा दुई दिनसम्म चलाउन सकिने दाबी गरेको छ। यसमा ५ हजार एमएएचको ब्याट्री क्षमता छ। नयाँ ग्यालेक्सी ए-५३ ५जी स्मार्टफोन कालो, सेतो, निलो र पिच्च रंग विक्पमा उपलब्ध हुने बताइएको छ। यो फोन अप्रिल १ तारिखदेखि विश्व बजारमा उपलब्ध हुने बताइएको छ।  एजेन्सी