२०८१ बैशाख २७ , बिहिवार

इन्जिनियरिङ्ग अध्ययन संस्थानको ११ औं ग्राजुयट कन्फरेन्स पश्चिमाञ्चल क्याम्पसमा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । पोखरा । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्र्तगत स्नातक तथा स्नात्तकोत्तर तथा पि.एच.डि.तहमा अध्ययनरत विद्यार्थीहरुले अन्तिम वर्षको अनुसन्धानात्मक सोधपत्र तथा अनुसन्धानात्मक लेखहरु प्रस्तुत गर्दै संस्थानको ११ औं ग्राजुुयट कन्फरेन्स पोखरामा सम्पन्न भएको छ ।

 

कार्यक्रमका प्रमुुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले कार्यक्रमको उद्घाटन गर्दै देशको अग्रविकासमा शिक्षाको महत्व र गण्डकी प्रदेशको समग्र विकासको प्रारुप तथा अवधारणा प्रस्तुत गर्नु हुुदै सो को कार्यान्वयनका लागि प्राविधिक पक्ष तथा सरकारी संयन्त्रले आपसमा समन्वय गरी अगाडी वढनुपर्ने आवश्यकता औल्याउनु भएको थियो ।

 

कार्यक्रमको कि नोट स्पीकरका रुपमा राष्ट्रिय योजनाका पूर्व सदस्य प्रा.डा. विनायक प्रसाद भद्राले नविकरणीय र हरित उर्जाको विस्तार तथा प्रयोजनद्धारा वातावरणीय संरक्षण र दिगो आर्थिक विकासमा पुु¥याउन सकिने योगदानहरुका वारेमा प्रकाश पार्नुु भएको थियो । उक्त कार्यक्रममा पेश भएका अनुुसन्धानात्मक लेख तथा सोध पत्रहरु मध्ये ३८ वटा कार्यपत्रहरु छनौट भएको र ति सोध पत्रहरु वन्द कलस्टरमा प्रस्तुत भई विषय विज्ञहरुद्धारा सुपरीवेक्षण तथा विश्लेषण गरिएको थियो ।

 

विभिन्न आठ वटा कल्स्टरहरुमा समानान्तर सेसनका रुपमा कार्यपत्रहरुको प्रस्तुुति पश्चात उक्त कन्फरेन्सको समापन समारोहमा सभापतिको आसनवाट इ.अ.स.का डिन प्रा.डा. शशिधरराम जोशीले कार्यक्रमको सफलताका निम्ती आयोजक तथा प्राविधिक समिति र पश्चिमाञ्चल क्याम्पसलाई धन्यवाद व्यक्त गर्नुु भएको थियो । आयोजक समितिका संयोजक प्रा.डा. संगिता सिंहले कन्फरेन्सको उपयोगिता र व्यवस्थापन पक्ष माथि प्रकाश पार्नुु भएको थियो । पश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख निर्मल प्रसाद बरालले कन्फरेन्समा प्रस्तुत कार्यपत्र र सोधपत्रहरुले देशको बहुपक्षिय प्राविधिक उन्नयन र अध्ययन अनुसन्धानका लागि विशिष्ठ योगदान पुु¥याउन सक्ने विचार ब्यक्त गर्नु भएको थियो ।

 

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषालले इन्जिनियरिङ्ग अध्ययन संस्थानद्धारा आयोजित कन्फरेन्स तथा नवप्रर्वदनात्मक कार्यक्रमहरु मार्फत देशको प्राविधिक तथा सर्वतोमुखी विकासमा महत्वपूूर्ण योगदान पुु¥याउन सकिने वताउनुु भयो ।कार्यक्रममा इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक डिनहरु प्रा.डा. शुशिल बहादुर बज्राचार्य र प्रा.डा. चिन्तमाणी पोखरेल तथा आंगीक क्याम्पसका क्याम्पस प्रमुखहरु, पश्चिमाञ्चल क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु विभागिय प्रमुखहरु, स्नातकोत्तर तहका कार्यक्रम संयोजकहरु, शाखा प्रमुखहरु तथा स्नातक स्नातकोत्तर तहका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

कन्फरेन्सको उद्घाटन सत्रमा नर्वेजियन विश्वविद्याल (एन टि एन यु ) का प्रा.डा. पिटर गारिस्टले कार्यपत्र प्रस्तुत गर्नु हुदै भविष्यका लागि शुनिस्चीत गर्नु पर्ने नीतिगत योजनाको वारेमा प्रकाश पार्नु भएको थियो । यसै गरि सहभागीका तर्फबाट पश्चिमाञ्चल क्याम्पस स्नातकोत्तर तहका विद्यार्थी मनिषा वराल र अमेरीकी अनुसन्धान कर्ता जोन फ्रिवर्गले कन्फरेन्सद्धारा प्राप्त नवप्रर्वदनात्मक ज्ञानलाई वैज्ञानिक प्रयोग तथा प्रकाशनद्धारा व्यवहारमा परिणत गरिनुपर्ने वताउनु भयो ।

 

पश्चिमाञ्चल क्याम्पसका सह–प्राध्यापक तथा अन्तरिक्ष विज्ञान तथा जियोम्याटिक्स अध्ययन केन्द्रका निर्देशक डा. कृष्णप्रसाद भण्डारीले संचालन गर्नुु भएको उक्त कन्फरेन्सद्धारा अनुमौदित परियोजनाहरु मार्फत वैज्ञानिक अध्ययन अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासील हुने वताउँदै कन्फरेन्सको आगामी संस्करण थापाथली क्याम्पस काठमाण्डौमा आयोजना हुने पश्चिमाञ्चल क्याम्पसका सूचना अधिकारी खेम बहादुर पुलामीले वताउनु भयो ।

 

इ.अ.स. डिनको कार्यालय पुुल्चोक तथा पश्चिमाञ्चल क्याम्पस पोखराद्धारा संयुक्त रुपमा आयोजित सो कार्यक्रमको इ.अ.स.का डिन प्रा.डा. शशिधरराम जोशीले अध्यक्षता गर्दै इन्जिनियरिङ्ग अध्ययन संस्थानद्धारा प्रतिपादन गरिएका नवप्रर्वदनात्मक शैक्षिक तथा अनुसन्धान मुलक क्रियाकलापको वारेमा प्रकास पार्नु भएको थियो ।