२०८१ जेठ ४ , शुक्रवार

काठमाडौंको तापक्रम यसवर्षकै उच्च, आइतबार केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं ।
देशभर तापक्रम बढ्ने क्रममा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौंको तापक्रम पनि निरन्तर उकालो लागिरहेको हो । यस वर्ष काठमाडौंमा हिउँदपछिको सबैभन्दा बढी तापक्रम शुक्रबार ३१.३ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि १ चैतमा ३१.१ डिग्री मापन भएको थियो।

गत वर्ष २१ मार्चको काठमाडौंको अधिकतम तापक्रम २८.७ डिग्री सेल्सियस थियो, जुन उक्त महिनाको सबैभन्दा बढी तापक्रम थियो।

मौसमविद् इन्दिरा कँडेलका अनुसार पूर्वी नेपालमा तापक्रम झन् बढिरहेको छ । मार्चदेखि नै अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी रहेको उनले बताइन्। मनसुनी प्रणाली नहुँदा आकाश खुला हुन्छ तथा गर्मीयाममा नेपालमा पृथ्वी सतहबाट सूर्य नजिक र सीधा भएकाले घाम तातो हुने र तापक्रम बढ्ने उनले बताइन्।

हरेक दिन तापक्रम बढ्दै जान थालेपछि मौसम पूर्वानुमान महाशाखाले तराईमा तातो हावा अर्थात् लु चल्न सक्ने चेतावनी दिएको छ। भारतको राजस्थान, मध्यप्रदेश क्षेत्रमा तातो हावा चलिरहेको छ, नेपालका तराईमा तापक्रम बढ्नुमा यसको असर पनि हुन सक्ने प्रारम्भिक अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् कँडेललाई जानकारी दिइन्।

महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

 

आइतबार सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सोमबार पनि पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।