२०८१ जेठ ८ , मंगलबार

डायमण्ड शैक्षिक मेलाको तयारी अन्तिम चरणमा

सुमन जिसी/ लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा डायमण्ड शैक्षिक मेला २०७८ को तयारी अन्तिम चरणमा पुगेको एक कार्यक्रमका बिच विद्यालयका प्राचार्य यम बहादुर रोकाले जानकारी दिनु भएको छ ।

मेलामा विविध विषयका शैक्षिक सामग्रीको प्रदर्श प्रतिभाहरुको प्रस्तुनी, खेल तथा मनोरञ्जन र स्वादिष्ट खाद्यपरिकारको स्टल तथा साँस्कृती कार्यक्रम प्रर्दशन गरिने विद्यालयका संयोजक विकास लामिछानेले जानकारी दिनुभएको छ ।

 

विद्यार्थीको सिर्जनात्मक ज्ञान र रचनात्मक, सीपको प्रर्दशनीका लागि “ज्ञान र मनोरंञ्जन एकै ठाउँमा“ भन्ने उद्घघोषका साथ “ डायमण्ड शैक्षिक मेला–२०७८ को आयोजना गरिएको विद्यालयका निर्देशक माधव शरण उपाध्यायले जानकारी दिनुभएको छ । मेला आगामि चैत ६ गते आइतबार विद्यालयको प्रङ्गणमा विहान १० बजे देखि दिनको ३ बजे सम्म संचालन गरिने बताई्रएको छ ।