२०८१ जेठ ७ , सोमवार

रुसमा इन्स्टाग्राम प्रतिबन्धपछि ‘रोसग्राम’ एप ल्याउँदै

सुनाखरी न्युज/ काठमाडौं –

रूस सरकारले केही दिनअघि मात्रै सामाजिक सञ्जाल इन्स्टाग्रामलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ ।

 

यसको एक हप्ता नबित्दै रूसका प्रविधि उद्यमीले नयाँ फोटो शेयरिङ एप सार्वजनिक गर्ने घोषणा गरेका छन् । इन्स्टाग्रामका आठ करोड प्रयोगकर्ता रुसमा थिए । विशेषगरी त्यहाँका कम्पनी एवं अन्य व्यवसायीले इन्स्टाग्रामबाटै आफ्ना वस्तु तथा सेवाको विज्ञापन तथा प्रवर्दन, बिक्री वितरण गर्नुका साथै ग्राहकसँग सञ्चार गर्दै आएका थिए । इन्स्टाग्राम प्रतिबन्धमा परेपछि त्यसको ठाउँ भर्न रूसका स्थानीय प्रविधि उद्यमीहरूले वैकल्पिक फोटो शेयरिङ एप ल्याउन लागेका हुन् ।

 

यो एपको नाम रोसग्राम राखिने भएको छ । रूसी बजारका लागि ल्याउन लागिएको यो एप मार्च २८ मा सार्वजनिक हुनेछ । जानकारीमा आए अनुसार यो एपमा इन्स्टाग्राममा नभएका केही नयाँ फिचरसमेत समावेश हुनेछ ।