२०८१ बैशाख ३० , आइतवार

नेपाल टेलिकमले ल्यायो फागु पर्व अफर

सुनाखरी न्युज/ काठमाडौं । मुलुकभरी मनाइने फागु पर्व (Holi Festival) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर (Holi Festival) उपलब्ध गराएको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।

 

यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

 

नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ । यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।