२०८१ जेठ २० , आइतवार

जनावर मार्न भरूवा बन्दुकको पासोमा परेर एकको मृत्यु

सुनाखरी न्युज/ डडेल्धुरा –

डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्नका लागि भरूवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो। मृतकको शव अस्पतालमा राखिएको बताइएको छ।

 

त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। नियन्त्रणमा लिइएकाको परिचय भने प्रहरीले खुलाएको छैन।रासस