२०८१ जेठ ७ , सोमवार

सुनको मूल्यमा गिरावट

सुनाखरी न्युज/ काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ५ सयमा कारोबार भएकोमा आज तोलामा १२ सयले घटेको हो ।

 

मंगलबार पनि सुनको मूल्य तोलामा १८ सयले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३७० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।