२०८१ जेठ ७ , सोमवार

क्रिप्टोकरेन्सी, जुवा खेलाउने अनलाइन लगायतका एप बन्द गर्न सञ्चार मन्त्रालयको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं –

अब क्रिप्टोकरेन्सी, बिटक्वाइन लगायतका अनलाइन जुवा खेलाउने अनलाइन एप बन्द गरिने भएको छ ।

 

नेपाल दुरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र लेख्दै क्रिप्टोकरेन्सी, बिटक्वाइन लगायतका अनलाइन जुवा लगायत बन्द गर्न निर्देशन दिएको हो ।

 

इन्टरनेट सेवाप्रदायकलाई पठाएको प्राधिकरणको पत्रमा भनिएको छ– सञ्चार मन्त्रालयले फागुन १ गते प्राधिकरणलाई पठाएको पत्र मार्फत अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी,विटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट, एप, अनलाइन सञ्जाल लगायत भर्चूअल माध्यमहरु नेपाल भित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राखिदिने व्यवस्थाका लागि अर्थ मन्त्रालयले निर्णय अनुसार त्यस्ता कन्टेन्ट सञ्चालन गर्न नपाउने गरी निषेध तथा बन्द गर्ने व्यवस्था गर्न निर्देशानुसार अनुरोध छ ।