२०८१ बैशाख ७ , शुक्रवार

चीनमा कोरोना भाइरस पुनः फैलिन थालेपछि खोप निर्माता कम्पनीहरुको सेयर भाउ बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । विश्वभरका प्रमुख खोप निर्माता कम्पनीहरुको सेयर भाउ सोमबार बढेको छ । चीनमा कोरोना भाइरसको प्रकोप पुनः बढ्न थालेपछि विश्वभरका खोप निर्माता कम्पनीहरुको सेयर भाउ बढेको हो ।

 

सोमबार ‘मोडर्ना’ को सेयर भाउ ८% ले बढेर १५०.०७ डलरमा बन्द भएको छ । इन्ट्राडे कारोबारमा यसको भाउ २०% सम्मले बढेको थियो । यस्तै, जर्मन कम्पनी ‘बायोएनटेक’ को सेयर भाउ पनि १२% ले बढेर १५१.९२ डलर पुगेको छ । यता, अमेरिकी कम्पनी ‘फाइजर’ को भाउ ४% ले बढेर ५२.२५ डलर र जोनसन एन्ड जोनसनको भाउ १% ले बढेर १७१.६९ डलर पुगेको छ ।

 

सोमबार समग्र सेयर बजारमा गिरावट आएपनि खोप निर्माता कम्पनीहरुको सेयर भाउमा भने वृद्धि भएको हो । विशेषगरी, पछिल्लो समय चीनका विभिन्न शहरहरुमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ । महामारीको असर लामो समयसम्म रहने र खोपको माग बढ्ने अनुमानमा लगानीकर्ताहरु खोप निर्माता कम्पनीमा तानिएको विश्लेषण गरिएको छ ।