२०८१ जेठ ७ , सोमवार

सुनको मूल्य एकैपटक प्रतितोला १८ सयले घट्यो

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा १८ सयले घटेको हो ।

 

सोमबार सुनको मूल्य तोलामा पाँच सयले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ कायम गरिएको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४१५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३८० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।