२०८१ बैशाख १३ , बिहिवार

डिजिटल विश्वको साइड इफेक्ट : कोरोना कालमा स्क्रिन टाइम बढ्नाले बच्चाको आखाँ मात्रै होइन पुरै स्वास्थ्य खराब

सुनाखरी न्युज/ काठमाडौं ।
डिजिटल ग्याजेटको धेरै प्रयोग हामी सबैका लागि हानिकारक छ । कोरोना भाइरसमा पढाइदेखि काम सबै अनलाईन भएको छ । जर्नल अफ सकूल हेल्थमा प्रकाशित एक हालैको अनुसन्धान अनुसार यी दुई वर्षको अवधिमा बच्चामा स्क्रिन समय बढ्नाले नराम्रो असर परेको छ ।

यो अनुसन्धान बेलायतको एंग्लिया रस्किन युनिभर्सिटीको भिजन विज्ञहरुले गरेका हुन् । उनीहरुका अनुसार धेरै बेरसम्म मोबाइल फोन वा कम्प्यूटरको स्क्रिन हेर्नाले बच्चाको आँखासहित उनीहरुको पुरै स्वास्थ्य प्रभावित भएको छ ।

 

विश्भरीका बच्चामा स्क्रिन समय बढ्यो
कोरोनाका कारण सिर्जित लकडाउनमा विश्वका धेरै देशमा अनलाईन पढाई सुरु भएको थियो । यसमा अभिभावकलाई बाध्यतावश आफ्नो बच्चालाई डिजिटल ग्याजेट दिनु पर्‍यो। अनुसन्धामा यो विषयसँग जोडिएको अर्को अध्ययनको पनि समीक्षा गर्नु परेको थियो । क्यानडामा ८९ प्रतिशत अभिभावकले आफ्ना बच्चाहरु २ घन्टा भन्दा पनि बढी स्क्रिन हेर्नु परेको थियो । यो देशको स्वास्थ्य निकायले जारी गरेको निर्देशिका भन्दा बढी हो ।

 

यसैगरी जर्मनीमा स्क्रिन समय १ घन्टा प्रति दिन बढेको छ । चिलीमा भएको एक अध्ययनमा पनि स्कुल नजाने साना बच्चा र प्रि स्कुलमा पढ्ने बच्चाको स्क्रिन समय दुुई गुणाले बढेको देखिएको छ । ट्यूनिसियाको अनुसन्धानका अनुसार महामारीमा ५ देखि १२ वर्ष उमेरको बच्चामा स्क्रिन समय १११ प्रतिशतसम्म बढेको थियो ।

 

स्क्रिन टाइम बढ्नाले शारीरिक नोक्सानी
डिजिटल ग्याजेट्सको धेरै प्रयोगबाट सबैभन्दा नोक्सानी बच्चाको आखामा परिरहेको छ । उनीहरुलाई आखा पोल्ने, सुख्खा हुने, अस्थिर दृष्टि जस्ता समस्या आइरहेको छ । यस बाहेक गर्धन र काँध पनि दुख्ने समस्या सामान्य भएको छ । यो स्क्रिन को सामु लामो समयसम्म एकै पोजिसनमा बस्नाले हुन्छ । अनुसन्धानका अनुसार गतिहीन जीवनशैली र धेरै खाने बानीले बच्चामा मोटोपनाको खतरा पनि बढेको देखिएको छ । हामी सबैलाई थाहा छ कि गम्भीर बिरामीको कारकनै मोटोपना हो ।

 

बच्चा कयौ डिभाइस एकै पटक प्रयोग गर्छन्
अनुसन्धानका अनुसार बच्चा र टीनएजर एकै साथ कयौ डिभाइस प्रयोग गर्छन् । उदाहरणका लागि ल्यापटपमा भिडियो हेर्दाको समय मोबाइलमा सोशल मिडियाको उपयोग गर्नु । यसले आखामा २२ प्रतिशत धेरै असर पर्छ ।

 

कसरी राख्ने आफ्नो बच्चाको स्वास्थ्यको ध्यान :
–बच्चाको स्क्रिन समय सीमित गर्नुस् । उनीहरुलाई सुत्ने एक घन्टा पहिले मोबाइल चलाउन नदिनु ।
–बच्चालाई अनलाइनको सट्टा अफलाइन गेम खेल्नका लागि प्रेरित गर्नु ।
–उनीहरुलाई डिजिटल विश्वको हानीको बारेमा बताउनु । फोनमा चाइल्ड लक लगाएर उनीहरुलाई सुरक्षित गर्नु ।
–बच्चालाई स्क्रिन का कारण हुने शारीरिक र मानसिक समस्याको बारेमा जानकारी गराउनु ।
–तपाईसँग इन्टरनेटमा जो नकारात्मक घटना भएको छ, बच्चालाई खुलेर बताउनु ।
–बच्चाको सामु तपाई पनि स्क्रिन प्रयोग नगर्नु । उनीहरुसँग अन्य माध्यमबाट समय व्यथित गर्नु । 

एजेन्सी