२०८१ जेठ ८ , मंगलबार

माया लाएर गीत बजारमा

सुनाखरी न्युज/ काठमाडौं । माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुस ढाँडा स्थायी घरभई हाल पोखरा सिम्पानी बस्दै आउनु भएका गायक तथा सर्जक श्याम बहादुर अधिकारीको रचना विनोद रामदाम र रेखा गुरुङ्गको स्वरमा माया लाएर गीत बजारमा आएको छ ।

 

उक्त गीतमा संगीत विनोद रामदाम कै रहेको छ भने भिडियोको निर्देशन राजकुमार मगरले गर्नु भएको छ । उक्त गीत मालाश्री स्टुडियोमा रेकडिङ्ग गरिएको छ । उक्त गीत बजारमा आए सँगै धेरै दर्शक श्रोताले मन पराउनु भएको छ भने । र्दशकहरुबाट पनि राम्रै प्रतिक्रिया आएको सर्जक अधिकारीले बताउनु भयो । त्यसै गरी गायक श्याम बहादुर अधिकारीले यस अगाडी पनि थुप्रै गीतहरु बजारमा ल्याएर ख्याति कमाई सक्नु भएको छ ।

भने उक्त गीतमा वरिष्ठ कलाकारहरुको प्रस्तुति अभिनय देख्न सकिन्छ । उक्त गीलाई देश विदेशबाट राम्रो प्रतिक्रिया आएको र उहाँहरुको प्रतिक्रियाबाट गीत संगीतको क्षेत्रमा थप उर्जा मिलेको बताउनु भएको छ । सो गीतको लिंक यो सँगै राखिएको हुदाँ हेरेर साथ दिनुहुन पनि हार्दिक अनुरोध गरिन्छ ।