२०८१ जेठ ७ , सोमवार

वाणिज्य बैंकहरुले बढाएनन् ब्याजदर

सुनाखरी न्युज/ काठमाडौं । वाणिज्य बैंकहरुले चैत १ गतेदेखि लागु हुने ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुले गत महिनाको तुलनामा ब्याजदर बढाएका छैनन्।

 

फागुन महिनामा ११.०३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको ब्याजदर, चैत महिनामा पनि ११.०३ प्रतिशत नै रहेको छ। बैंकहरुले ३ महिनादेखि १ वर्षसम्मको व्यक्तिगत मुद्दतिमा सो दरमा ब्याज दिनेछन्। बैंकहरुले आइतबार, चैत महिनामा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिन सहमति गरेका थिए। सहमति अनुसार वाणिज्य बैंकहरुले फागुनकै ब्याजदरलाई निरन्तरता दिएर नयाँ सूचना जारी गरेका छन्।

 

नेपाल बैंकर्स सँघले शुक्रबार संघको बैठक राखेर ब्याजदर के गर्ने भन्ने विषयमा छलफल गरेको थियो। बैंकहरुले गत पुस र माघ महिनामा ब्याजदर नबढाए पनि फागुनमा भने बढाएर ११.०३ प्रतिशत पुर्याएका थिए। तर, ब्याजदर बढाउदा पनि निक्षेप नबढेपछि उनीहरु ब्याजदर यथावत राख्ने निर्णयमा पुगेका हुन्।