२०८१ बैशाख ३१ , सोमवार

साउदी राजकुमार आज नेपाल आउँदै

सुनाखरी न्युज/ काठमाडौं । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद दुई दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै हुनुहुन्छ ।

 

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भोलि भेटवार्ता गर्ने तथा उहाँले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नुहुने कार्यक्रम छ ।