२०८१ जेठ ५ , शनिवार

माधव नेपालसहित १४ सांसदको मुद्दामा सर्वोच्चले चैत २० गते एकै पटक पूर्ण सुनुवाइ गर्ने

सुनाखरी न्युज/ काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले  एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ ।

 

न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो ।

 

‘अन्तरिम आदेशको माग भएपछि मुद्दाको सबै अंग पुगेकाले अन्तिम फैसला हुने गरी सर्वोच्चले आदेश जारी गरेको छ,’ अदालतले भन्यो । आदेशअनुसार आगामी चैत २० गते पूर्ण सुनुवाइ हुनेछ ।

 

अदालतले नेपालसहित १४ सांसदलाई माथि पार्टी गरेको कारबाही सभामुख अग्नीप्रसाद सापकोटाले कार्यान्वयन नगरेको, पार्टी विभाजनका लागि झलनाथ खनालसहितका नेताहरुले गरेको सनाखतलाई मान्यता नदिन र लुम्बिनीका सांसदहरु विमला खत्री वली र अजय शाहीमाथि गरेको कारबाहीअनुसार सूचना टाँस गरिनुपर्ने लगायतका विषयको मुद्दा एकै ठाउँमा हेर्दैछ ।

 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिट दायर गरेका थिए । नेपालसहिका १४ सांसदमाथि पार्टीले गरेको कारबाही कार्यान्वयन नभएको भन्दै एमाले विगत ६ महिनादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको छ ।