२०८१ जेठ ५ , शनिवार

शेयर बजारमा फर्कियो वहार, एकै दिन १०१.०७ अंकले बढ्यो परिसूचक, यस्तो छ बजारले छलाङ मार्नुको कारण !

सुुनाखरी न्युज/ काठमाडौं । शेयर बजारमा यो साताको पहिलो दिन आइतबार एकाएक वहार आएको छ । बैंक तथा वित्तिय संस्थाले ब्याजदर नवढाउने सहमति गरेसँगै त्यसको प्रभाव बजारमा देखिएको हो ।

विगतमा निरन्तर घटेको बजार यस दिन १ सय १ दशमलव शुन्य ७ अंकले बढेर २ हजार ६सय ६७ दशमलव ९७ विन्दुमा पुुगेको छ । यस दिन कारोबार रकम पनि ४ अबए ८७ करोड पुुगेको छ । यस दिन कारोबार भएका सवै समूहको परिसूचक बढेको छ ।

 

आज ४ अर्ब ८७ करोड ७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८८ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् । चार कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् ।

त्यस्तै, आज सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एशियन लाइफ इन्स्यारेन्स कम्पनी, ज्योती लाइफ इन्स्यारेन्स कम्पनी र सानिमा लाइफ इन्स्यारेन्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आज इमर्जीङ पावर कम्पनी, सूर्या लाइफ इनस्योरेन्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स कम्पनीको पनि शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टकोे भएको छ । यस कम्पनीको आज ३४ करोड ३६ लाख भन्दा बढीको कारोबार भएको छ ।