२०८१ बैशाख ३० , आइतवार

पोखराको शुभतारा थ्रि एन्जल्स मिसन स्कूलले पायो अन्र्तराष्ट्रिय स्तरको अवार्ड

सुनाखरी न्युज/ पोखरा । उद्धार रोकथाम र पुर्नस्थापनाको माध्यमबाट मानव बेचबिखन विरुद्ध कार्यरत थ्रि एन्जल्स नेपालले, सम्मान तथा बधाई ज्ञापन कार्यक्रम गरेको छ ।

 

नेपाल सहित विश्वका १५३ देशका विद्यालयहरुसँग प्रतिस्पर्धा गर्दै ब्रिटिस काउसिलद्वारा प्रदान गरिने इन्टरनेश्नल स्कुल अवार्ड जित्न सफल थ्रि एन्जल्स नेपाल अन्तरगतको शुभतारा थ्रि एन्जल्स मिसन स्कुलले प्राप्त गरेको उक्त सफलताको उपलक्ष्यमा शुक्रबार कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा थ्रि एन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतम, संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी डा.राजेन्द्र गौतमले विद्यालयका प्राचार्य रमेश पाण्डेलाई अवार्ड तथा प्रमाणपत्र हस्तान्तरण गरे ।

स्वागत मन्तव्य तथा अवार्डबारे बोल्दै विद्यालयका प्राचार्य रमेश पाण्डेले विद्यालयले कोरोना महामारीकै बीचमा समेत अवार्ड प्राप्तिका लागि विभिन्न शैक्षिक कृयाकलाप प्रस्तुत गरी अन्र्तराष्ट्रिय स्तरको अवार्ड जित्न सफल भएको बताए । उनले उक्त अवार्ड जित्नका लागि सबै शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक डा. राजेन्द्र गौतमले समूहमा गरेको कामले विद्यालयले सफलता हासिल गरेको बताए । विद्यालयले प्राप्त गरेको यो अवार्डले समूहमा काम गर्दा हुने सफलता पुष्टि गरेको बाताउँदै वडा नं १५, आफ्नै समुदाय लक्षित कार्यक्रम छिट्टै लिएर आउने प्रतिबद्धता जनाए ।

 

अवार्ड जित्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने स्कूलका प्राचार्य रमेश पाण्डे, सहायक प्रधानध्यपक अर्नव विश्वास, र अन्य यो प्रोजेक्टमा जोडिएका ८ जना शिक्षकहरुलाई संस्थाका प्रमुख कार्यकारी डा.गौतमले खादा र प्रमाण पत्र सहित सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले फरक परिणाम पाउन फरक तरिकाले काम गर्नु पर्ने भन्दै विद्यालयका शिक्षक र विद्यार्थीहरुको अथक मेहेनतले यस किसिमको सफलता प्राप्त गरेको बताउदै हर्दिक बधाई ज्ञापन गरे । कार्यक्रममा उनले थ्रि एन्जल्स नेपाल तथा थ्रि एन्जल्स शुभतारा मिसन स्कूल पोखरा १५ को गहना भएको बताउँदै उनले आगामी दिनहरुमा पनि सृजनात्मक रचनात्मक तरिकाले काम गर्न सुभेक्षा प्रदान गरे ।

 

कार्यक्रममा सभाध्यक्षको आसनबाट बोल्दै थ्रि एन्जल्स नेपालका अध्यक्ष सारदा खत्री गौतमले समाज परिवर्तनको बाहक गुरु, गुरुआमा रहेको भन्दै सम्मुर्ण शिक्षकहरुलाई धन्यबाद तथा बधाई ज्ञापन गरिन् । साथै उनले थ्रि एन्जल्स नेपाल मानब बेचबिखनविरुद्ध कार्य गर्ने विशुद्ध सामाजिक संस्था भएकाले उपस्थित सम्पुर्ण टोलबासी तथा विभिन्न आमा समुह, टोल विकास संस्थाबाट सहभागी भएका अतिथिहरुलाई आफ्नै घर सम्झेर आवस्यक परेको बोलामा सम्झन, सल्लाह सुझब दिन अनुरोध गरिन् । सोही अवसरमा संस्थाका अध्यक्ष शारदा खत्री गौतम यहि फागुन २४ र २५ गते पोखरामा भएको राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स) को पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य, गैसस महासंघ कास्कीको कोषाध्यक्ष, र महिला मानवअधिकार रक्षक सञ्जालको सचिव पदमा निर्वाचित भएकोमा बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । अध्यक्ष खत्रीलाई पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष वडा अध्यक्ष प्रकास पौडेलले पुष्पगुच्छा र खादा सहित बधाई ज्ञापन गरे ।

 

सोही कार्यक्रममा उत्कृष्ट कार्मचारी अवार्ड पनि प्रदान गरिएको छ । विद्यालयको व्यवस्थापन पक्षमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै विद्यालयका व्यवस्थापन तर्फका कर्मचारी विष्णु ढकाललाई वर्ष सर्वोत्कृष्ठ कर्मचारी अवार्ड प्रदान गरिएको थियो । विद्यालयकी शिक्षिका निरु ढकाललाई गोल्ड मेडल समेत सोही अवसरमा प्रदान गरियो । सो अवसरमा विशेष अतिथि एवं तल्लो नयागाउँ टोल विकास संस्थाका अध्यक्ष नरेश थापा, उपाध्यक्ष विष्णु आचार्य, थ्रि एन्जल्स नेपालका सल्लाहकार समितिका संयोजक तथा समाजसेवी बलराम पौडेल, तल्लो नगागाउँ टोल विकास संस्था अन्र्तगतको शिशिर मार्गका संयोजक टेकबहादुर विक, सन्देश मार्गका संयोजक विष्णुप्रसाद भण्डारी, एकता मार्गका संयोजक शुसिला थापा सहित आमा समूहका सदस्यहरु, स्थानीयबासी, शुभतारा थ्रि एन्जल्स मिसन स्कूलका शिक्षकहरु, थ्रि एन्जल्स नेपालको विभिन्न विभागीग प्रमुख एवं कर्मचारीहरुको पनि उपस्थिति थियो । कार्यक्रम अवधिभर थ्रि एन्जल्स सामुदायिक रेडियोले प्रत्यक्ष प्रशारण समेत गरेको थियो भने उक्त कार्यक्रमको संचालन अधिवक्ता तथा थ्रि एन्जल्स नेपालका मानब संसाधन प्रमुख भिम प्रसाद पौडेलले गरेका थिए ।